एनएनपी यूकेको नयां वर्ष कार्यक्रम १८ अप्रिल सांझ हुंदै

लन्डन । लन्डन ह्यारोस्थित नर्थवीक पार्क हस्पिटलमा कार्यरत नेपालीहरुको संस्था ‘एनएनपी नेपाली परिवार यूके’ ले नयां वर्ष शुभकामना सांझ गर्ने भएको छ। यही १८ अप्रिल सांझ ६ बजेदेखि ह्यारोको नेवा छे रेष्टुरेन्ट (माया पब) मा नेपाली नयां वर्ष २०८२ उल्लासमय वातावरणमा मनाउन लागिएको हो । उक्त कार्यक्रममा उदयीमान गायिका पवित्रा गुरुङले विशेष प्रस्तुति दिनेछिन् । […]

Apr 15, 2025 - 21:45
 0
एनएनपी यूकेको नयां वर्ष कार्यक्रम १८ अप्रिल सांझ हुंदै

लन्डन । लन्डन ह्यारोस्थित नर्थवीक पार्क हस्पिटलमा कार्यरत नेपालीहरुको संस्था ‘एनएनपी नेपाली परिवार यूके’ ले नयां वर्ष शुभकामना सांझ गर्ने भएको छ।

यही १८ अप्रिल सांझ ६ बजेदेखि ह्यारोको नेवा छे रेष्टुरेन्ट (माया पब) मा नेपाली नयां वर्ष २०८२ उल्लासमय वातावरणमा मनाउन लागिएको हो ।

उक्त कार्यक्रममा उदयीमान गायिका पवित्रा गुरुङले विशेष प्रस्तुति दिनेछिन् । केही सातादेखि बेलायतमा सांगीतिक कार्यक्रम गरिरहेकी पवित्रा ‘भ्वाइस अफ नेपाल सिजन ४’ की प्रतिष्पर्धी हुन् ।

उनको गायन र विशाल मोक्तानको डिजेले कार्यक्रममा माहोल तताउने विश्वास आयोजकको छ । आयोजकले संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरु र बाहिरका इच्छुक नेपालीलाई समेत कार्यक्रममा सहभागी भएर शुभकामना आदानप्रदान, रात्रीभोज र नाचगानमा रमाउन अपिल गरेको छ ।

विशाल मोक्तान, इन्द्रजित गुरुङ, भूपेन्द्र घले, अर्जुन बोहोरा लगायत युवाले ‘लिड’ गरिरहेको एनएनपी नेपाली परिवार यूकेले नेपालमा प्राकृतिक प्रकोपमा आर्थिक सहयोग र आपतविपत परेका व्यक्तिलाई राहत प्रदान गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register