माओवादी केन्द्रको जागरण अभियान : प्रचण्डसहितको टोली बर्दघाटमा

पाल्हीनन्दन । नेकपा माओवादी केन्द्रको तराई मधेश जागरणअभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली बर्दघाट पुगको छ । मङ्गलबार साँझ यहाँ पुगेको टोलीलाई स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य गोपी ज्ञवालीले अध्यक्ष प्रचण्डसहितको टोलीले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता राजुराम पौडेलको परिवारलाई भेटेको थियो […]

Apr 16, 2025 - 03:16
 0
माओवादी केन्द्रको जागरण अभियान : प्रचण्डसहितको टोली बर्दघाटमा

पाल्हीनन्दन । नेकपा माओवादी केन्द्रको तराई मधेश जागरणअभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली बर्दघाट पुगको छ ।

मङ्गलबार साँझ यहाँ पुगेको टोलीलाई स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य गोपी ज्ञवालीले अध्यक्ष प्रचण्डसहितको टोलीले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता राजुराम पौडेलको परिवारलाई भेटेको थियो । राति त्यही बस्ने व्यवस्था मिलाइको उनले बताए ।

पार्टीको बर्दघाट नगरकमिटी अध्यक्ष तजेन्द्र पुर्जाका अनुसार विद्यार्थी नेता पौडेललाई २०५८ साल फागुन २५ गते पोखराको नदीपुरबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

बुधबार सहिद स्मृति सामुदायिक अस्पताल चौपतको प्राङ्गणमा रहेको शहदि सूर्यविक्रम थापाको सालिकमा माल्यार्पण गरेपछि अन्य राजनीतिक भेटघाट कार्यक्रम हुने नेता ज्ञवालीले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register