दूतावासको कन्सुलर सेवा पहिलोपल्ट केम्यान आइल्याण्डमा, सय बढी लाभान्वित

लन्डन– बेलायतस्थित  नेपाली दूतावासले  पहिलो पटक केम्यान आइल्याण्डमा मोबाइल कन्सुलर सेवा (घुम्ती शिविर) गरेको छ । नेपाली दूतावासको एक टोलीले अप्रिल १४ मा मोबाइल कन्सुलर  सेवा संचालन गरेको थियो । केम्यान आइल्याण्डमा  बसोबास गर्ने नेपालीहरूलाई लक्षित गरि कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले नेपाली दूतावास लन्डनले मोबाइल कन्सुलर सेवा आयोजना गरेको हो । ३० अप्रिल २०२६ […]

Apr 16, 2025 - 17:18
 0
दूतावासको कन्सुलर सेवा पहिलोपल्ट केम्यान आइल्याण्डमा, सय बढी लाभान्वित

लन्डन– बेलायतस्थित  नेपाली दूतावासले  पहिलो पटक केम्यान आइल्याण्डमा मोबाइल कन्सुलर सेवा (घुम्ती शिविर) गरेको छ ।

नेपाली दूतावासको एक टोलीले अप्रिल १४ मा मोबाइल कन्सुलर  सेवा संचालन गरेको थियो ।

केम्यान आइल्याण्डमा  बसोबास गर्ने नेपालीहरूलाई लक्षित गरि कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले नेपाली दूतावास लन्डनले मोबाइल कन्सुलर सेवा आयोजना गरेको हो ।

३० अप्रिल २०२६ भित्र राहदानीको बहाल अवधि समाप्त हुनेहरुलाई राहदानी नवीकरण गर्न दूतावासले आव्हान गरेको थियो ।

सिभिक सेन्टरस्थित जर्ज हलमा संचालान गरिएको उक्त  कार्यक्रममा एक सय  भन्दा बढी नेपालीहरुले पासपोर्ट नवीकरण, डकुमेन्ट प्रमाणीकरण, भिसा सम्बन्धी सेवा तथा अन्य कन्सुलर सेवाहरू प्राप्त गरेको दूतावासले जनाएको छ।

केम्यान आइल्याण्डमा करिब ३ हजार भन्दा बढी नेपाली बसोबास गर्दै आएको अनुमान छ । जसमध्ये मध्ये धेरैजसो सेक्युरिटी तथा हस्पिटालिटी क्षेत्रमा कार्यरत छन् ।

दूतावासको उक्त कार्यक्रमलाई सफल पार्न सहयोग पुर्याएकोमा केम्यान आइल्याण्डमा बसोबास नेपालीहरुप्रति दूतावासले आभार प्रकट गरेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register