एमाले शिवसताक्षी–१ द्वारा चार जना ज्येष्ठ नागरिक सम्मान

शिवसताक्षी, ३ बैशाख । नेकपा एमालेले शिवसताक्षी नगरपालिका वडा नं. १ का ४ जना ज्येष्ठ नागरिक सम्मान गरेको छ । आज नेकपा एमाले वडा कमिटीले आयोजना गरेको नव वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा वडाका ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको हो ।सम्मानित हुनेहरुमा भिमप्रसाद सेर्मा, गोपाल बहादुर छेत्री, बमबहादुर लिम्बु, सीतादेवी खतिवडा रहेका छन् । उनीहरुलाई नेकपा [...] The post एमाले शिवसताक्षी–१ द्वारा चार जना ज्येष्ठ नागरिक सम्मान appeared first on Jhapa Online.

Apr 16, 2025 - 17:23
 0
एमाले शिवसताक्षी–१ द्वारा चार जना ज्येष्ठ नागरिक सम्मान

शिवसताक्षी, ३ बैशाख । नेकपा एमालेले शिवसताक्षी नगरपालिका वडा नं. १ का ४ जना ज्येष्ठ नागरिक सम्मान गरेको छ ।

आज नेकपा एमाले वडा कमिटीले आयोजना गरेको नव वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा वडाका ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको हो ।सम्मानित हुनेहरुमा भिमप्रसाद सेर्मा, गोपाल बहादुर छेत्री, बमबहादुर लिम्बु, सीतादेवी खतिवडा रहेका छन् ।

उनीहरुलाई नेकपा एमाले शिवसताक्षी नगर इन्चार्ज चन्द्रकुमार सेर्मा, नगर अध्यक्ष मेदनी दंगाल, जिल्ला कमिटी सदस्य मेगाहाङ्ग थोप्रा, नरमाया कार्की लगायतले सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा अधिकांश बक्ताहरुले पार्टीलाई संगठित बनाएर विधी र पद्धति अनुसार जनहितमा काम गर्दै लैजानु पर्ने बताए । आगामी २०८४ मा हुने निर्वाचनका लागि जरा अभियानलाई सशक्त ढंगले निरन्तरता दिदै पार्टीले गरेका राम्रा कामहरुको प्रचार प्रसार गर्ने ।

पार्टीलाई चौतफी घेराबन्दी गर्ने एमालेलाई आक्रमण गर्ने, सामाजिक सञ्जालहरुमा कुप्रचार गर्ने कार्यको शसक्त ढंगले प्रतिकार गर्दै जानु पर्नेमा सबैको जोड थियो । कार्यक्रमा नेकपा एमाले झापा जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं। ४ का संयोजक धनबहादुर थेवे, जिल्ला कमिटी सदस्य नरमाया कार्की लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम वडा कमिटी अध्यक्ष अर्जुन राईको अध्यक्षतामा भएको थियो भने, सचिव दिलिप घिमिरेले कार्यक्रमको सञ्चालन गरेका थिए ।

The post एमाले शिवसताक्षी–१ द्वारा चार जना ज्येष्ठ नागरिक सम्मान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register