बेलायतको वेष्ट मिडल्याण्ड्सका नेपालीले सांस्कृतिक कार्यक्रमसहित स्वागत गरे नयां वर्ष

उल्भरह्याम्टन । बेलायतको वेष्ट मिडिल्याण्ड्सका नेपालीले विभिन्न कार्यक्रमसहित नयाँ वर्ष २०८२ लाई स्वागत गरेका छन् । हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड्सले उल्भरह्यामट्नस्थित न्यू बिल्डर्स आर्ममा नयाँ वर्षकै दिन सोमबार साँझ नेपाली नयाँ वर्षको अवसरमा एक भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम उद्घाटन गर्दै समाजका संस्थापक अध्यक्ष गङ्गाधर गौतमले विश्वका जुन सुकै ठाउँमा पुगेपनि […]

Apr 17, 2025 - 21:16
 0
बेलायतको वेष्ट मिडल्याण्ड्सका नेपालीले सांस्कृतिक कार्यक्रमसहित स्वागत गरे नयां वर्ष

उल्भरह्याम्टन । बेलायतको वेष्ट मिडिल्याण्ड्सका नेपालीले विभिन्न कार्यक्रमसहित नयाँ वर्ष २०८२ लाई स्वागत गरेका छन् ।

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड्सले उल्भरह्यामट्नस्थित न्यू बिल्डर्स आर्ममा नयाँ वर्षकै दिन सोमबार साँझ नेपाली नयाँ वर्षको अवसरमा एक भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम उद्घाटन गर्दै समाजका संस्थापक अध्यक्ष गङ्गाधर गौतमले विश्वका जुन सुकै ठाउँमा पुगेपनि नेपाली भाषा र संस्कृति संरक्षणको जिम्मेवारी बोध गरेर १८ वर्षअघि समाज स्थापना गरेको स्मरण गरे । उनले नयाँ वर्षले विश्वका सबै नेपालीलाई एक हुने प्रेरणा मिलोस् भन्ने कामना समेत गरे ।

त्यसैगरि अध्यक्ष भीम शर्माले स्थापनाकालदेखि नै बेलायतमा रहेका नेपालीलाई जोड्दै आएको समाजले भावीपुस्तालाई भाषा र संस्कृति सिकाउन विशेष नेपाली कक्षा सञ्चालनमा रहेको भन्दै आफ्ना बालबालिकालाई नेपाली भाषा सिकाइ कक्षामा पठाउन आग्रह गरे ।

कार्यक्रममार्फत नयाँ वर्षको शुभकामना व्यक्त गर्दै, समाजका संरक्षक डा. कृष्ण सापकोटा, समाजका पूर्व अध्यक्ष मिलन सापकोटा, शिव खरेललगायतले बेलायतमा रहेका नेपालीलाई एकताको सूत्रमा बांध्न समाजले आवश्यक पहल गर्दै आएको स्मरण गरे ।

नयाँ पुस्ताले आफ्नो देशको भाषा र वेशभुषाको विश्वव्यापीकरणमा योगदान गर्न प्रेरणा मिलोस् भन्ने उनीहरुको कामना थियो ।

कार्यक्रममा समाजले आयोजना गरेको नेपाली भाषा कक्षाका विद्यार्थीले मौलिक नृत्यहरू प्रस्तुत गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register