विद्युत प्राधिकरणको नाममा साढे २ खर्ब ऋण, थप १० अर्ब ऋण लिने तयारी ! 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ऋण लिने तयारी गरेको छ । प्राधिकरण यो आर्थिक वर्षभित्रै १० अर्ब ऋण लिने तयारी गरेको हो ।  निर्माण व्यवसायीहरुलाई तत्काल दिनुपर्ने भुक्तानीका लागि ऋण लिने तयारी गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् । उनका अनुसार प्राधिकरणले १० अर्ब रुपैयाँ ऋण लिने तयारी गरेको छ ।  शाक्यका अनुसार […]

Apr 22, 2025 - 08:50
 0
विद्युत प्राधिकरणको नाममा साढे २ खर्ब ऋण, थप १० अर्ब ऋण लिने तयारी ! 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ऋण लिने तयारी गरेको छ । प्राधिकरण यो आर्थिक वर्षभित्रै १० अर्ब ऋण लिने तयारी गरेको हो । 

निर्माण व्यवसायीहरुलाई तत्काल दिनुपर्ने भुक्तानीका लागि ऋण लिने तयारी गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् । उनका अनुसार प्राधिकरणले १० अर्ब रुपैयाँ ऋण लिने तयारी गरेको छ । 

शाक्यका अनुसार विद्युत प्राधिकरणले आयोजनाहरु निर्माण गर्दा लगाएको ठेक्का बापत चैत मसान्तसम्म निर्माण व्यवसायीहरुलाई करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

तर, उक्त दायित्व भुक्तानीका लागि पनि प्राधिकरणसँग पर्याप्त पैसा नभएपछि ऋण लिनुपर्ने बाध्यता आइपरेको शाक्यको भनाई छ । ऋण लिने विषयमा अर्थ मन्त्रालयको स्वीकृति लिने प्रक्रिया अघि बढाइएको शाक्यले बताएका छन् । 

अर्कोतर्फ प्राधिकरणको नाममा साढे २ खर्ब बढी ऋण रहेको पनि शाक्यले बताएका छन् । उनले उक्त ऋण आफू प्राधिकरणको कार्यकारी निर्देशक हुनु भन्दा अगाडि नै लिइएको बताएका छन् । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेपछि मन्त्रिपरिषद्को बैठकले हितेन्द्रदेव शाक्यलाई चैत ११ गते कार्यकारी निर्देशक नियुक्त गरेको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register