वसन्तले धुर्मुस–सुन्तलीलाई लिएर ‘पाँच पाण्डव’ बनाउने

हास्य जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ‘सेन्टी भाइरस’ रिलिजको ५ वर्षपछि एकपटक फेरि फिल्ममा एकसाथ देखिने भएका छन् । वसन्त निरौलाको निर्देशनमा बन्न लागेको फिल्म ‘पाँच पाण्डव’मा उनीहरुको जोडी बाँधिन लागेको हो । गत चैत १७ गते चलचित्र विकास बोर्डबाट फिल्म निर्माणका लागि इजाजत लिँदा कलाकारमा उनीहरूको नाम लेखिएको छ । निर्देशक [...] The post वसन्तले धुर्मुस–सुन्तलीलाई लिएर ‘पाँच पाण्डव’ बनाउने appeared first on Jhapa Online.

Apr 22, 2025 - 09:15
 0
वसन्तले धुर्मुस–सुन्तलीलाई लिएर ‘पाँच पाण्डव’ बनाउने


हास्य जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ‘सेन्टी भाइरस’ रिलिजको ५ वर्षपछि एकपटक फेरि फिल्ममा एकसाथ देखिने भएका छन् । वसन्त निरौलाको निर्देशनमा बन्न लागेको फिल्म ‘पाँच पाण्डव’मा उनीहरुको जोडी बाँधिन लागेको हो । गत चैत १७ गते चलचित्र विकास बोर्डबाट फिल्म निर्माणका लागि इजाजत लिँदा कलाकारमा उनीहरूको नाम लेखिएको छ ।

निर्देशक निरौलाले फिल्ममा सिताराम र कुञ्जनाको मुख्य भूमिका रहने जानकारी दिए । उनीहरुबाहेक अरु कलाकार भने निश्चित हुन बाँकी रहेको उनको भनाइ छ । यसै वर्ष छायांकनको तयारी गरिएको फिल्मलाई ‘लाज शरणम्’का निर्माता नविन श्रेष्ठले निर्माण गर्नेछन् । उनको कम्पनी काली रानी फिल्म्सबाट बोर्डमा फिल्म दर्ता छ । यो फिल्म लगभग साढे तीन करोडको बजेटमा बन्नेछ ।

‘पाँच पाण्डव’ कुञ्जनाको ५ वर्षपछिको कमब्याक फिल्म हुनेछ । ‘सेन्टी भाइरस’पछि उनले फिल्ममा काम गरेकी छैनन् । सितारामले भने हाल प्रदर्शनरत ‘लाज शरणम्’बाट कमब्याक गरेका थिए । यसमा उनले व्यापारीको भूमिका निभाएका छन् । आर्थिक अभावका कारण भरतपुर ९चितवन०मा क्रिकेट रंगशाला अलपत्र परेपछि धुर्मुस(सुन्तलीले अभिनयलाई निरन्तरता दिँदै आएका छन् ।

निर्देशक निरौला ‘पाँच पाण्डव’ बनाउन कसिएपछि गत मंसिर अन्तिममा घोषणा भएको उनको अर्को फिल्म ‘दशमी’ अब के हुन्छ भन्ने प्रश्न उब्जिएको छ । यसबारेमा उनी भन्छन्, ‘यो फिल्म अवश्य बन्छ । कुन फिल्म पहिला छायांकन गर्ने भनेर अहिले म छलफलमै छु । केही दिनमा टुंगो लाग्छ ।’ गत वर्षको फूलपातीमा उनले निर्देशन गरेको फिल्म ‘ज्वाइँ साब’ प्रदर्शनमा आएको थियो ।

The post वसन्तले धुर्मुस–सुन्तलीलाई लिएर ‘पाँच पाण्डव’ बनाउने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register