साउदीबाट स्वदेश फर्किएलगत्तै मोदीको प्रतिबद्धता– आतङ्कवादी आक्रमणका लागि जिम्मेवारलाई छोडिने छैन

काठमाडौं । जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो साउदी अरेबिया भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । उनी बुधबार बिहान राजधानी नयाँ दिल्ली फर्किएका हुन् । प्रधानमन्त्री मोदी मङ्गलबार साउदी अरबको दुई दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । स्वदेश फर्किएलगत्तै उनले पहलगाममा आतङ्कवादी आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूलाई नछोड्ने प्रतिबद्धता जनाएका […]

Apr 23, 2025 - 04:44
 0
साउदीबाट स्वदेश फर्किएलगत्तै मोदीको प्रतिबद्धता– आतङ्कवादी आक्रमणका लागि जिम्मेवारलाई छोडिने छैन

काठमाडौं । जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो साउदी अरेबिया भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । उनी बुधबार बिहान राजधानी नयाँ दिल्ली फर्किएका हुन् ।

प्रधानमन्त्री मोदी मङ्गलबार साउदी अरबको दुई दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

स्वदेश फर्किएलगत्तै उनले पहलगाममा आतङ्कवादी आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूलाई नछोड्ने प्रतिबद्धता जनाएका छन् । ‘आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूलाई छोडिने छैन,’ उनले भने ।

दिल्ली पुग्नेबित्तिकै मोदीले परिस्थितिको बारेमा जानकारी लिन आपतकालीन ब्रिफिङ बैठक गरेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग यस परिस्थितिबारे छलफल गरिएको छ ।

केन्द्रीय गृहमन्त्री अमित शाह पहिले नै कश्मीर पुगिसकेका छन् ।

यसैबीच समाचार एजेन्सी पीटीआईका अनुसार मङ्गलबार पहलगाममा भएको आतंकवादी हमलापछि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अधिकारीहरूले यो कदम सावधानीका रूपमा उठाइएको बताएका छन् ।

मङ्गलबार जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि आतङ्कवादी आक्रमण भएको छ । यस आक्रमणमा अतिवादीहरूले पर्यटकहरूमाथि गोली चलाएका थिए, जसमा कम्तीमा २८ जनाको मृत्यु भएको थियो । जसमा एक नेपाली पनि छन् । उनको नाम सन्दीप न्यौपाने हो ।

आक्रमणपछि दिल्ली प्रहरीले सहरभर सुरक्षा व्यवस्था बढाएको छ ।

कुनै पनि शङ्कास्पद गतिविधि तुरुन्तै पत्ता लगाउन सकियोस् भनेर विशेषगरी पर्यटकीय स्थल र सहरको सीमानामा कडा जाँच र निगरानी भइरहेको छ ।

अर्कोतर्फ, उपत्यकाका सुरक्षाकर्मीहरूले विभिन्न स्थानमा सवारीसाधन जाँच गरिरहेका छन् र सडकहरूमा व्यापक अवरोध गरिएको छ ।

जम्मू–कश्मीरका धेरै क्षेत्रबाट आक्रमणको विरोधमा भएका विरोधका तस्वीर र भिडिओ पनि बाहिर आइरहेका छन् । पहलगामका केही मानिसले पनि मैनबत्ती मार्च गर्दै आक्रमणप्रति आक्रोश व्यक्त गरेका छन् ।

जम्मू–कश्मीर हमलाबारे सरकारले भन्यो : हामी सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछौं

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register