वैदेशिक ऋणमा घोटालाको आशङ्का, तीन निकायका फरक-फरक विवरण

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले वैदेशिक ऋणमा घोटालाको आशङ्का गरेको छ । तीन निकायले फरक-फरक विवरण पेस गरेपछि वैदेशिक ऋणको यकिन रकम पेस गर्न महालेखाले निर्देशन दिएको छ । आर्थिक वर्ष २०८०/८१ मा महालेखा नियन्त्रक कार्यालयले तयार गरेको एकीकृत वित्तीय विवरणमा १ खर्ब १३ अर्ब २७ करोड वैदेशिक ऋण देखाएको छ । यता, सार्वजनिक ऋण व्यवस्थापन […]

May 15, 2025 - 12:01
 0
वैदेशिक ऋणमा घोटालाको आशङ्का, तीन निकायका फरक-फरक विवरण

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले वैदेशिक ऋणमा घोटालाको आशङ्का गरेको छ । तीन निकायले फरक-फरक विवरण पेस गरेपछि वैदेशिक ऋणको यकिन रकम पेस गर्न महालेखाले निर्देशन दिएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा महालेखा नियन्त्रक कार्यालयले तयार गरेको एकीकृत वित्तीय विवरणमा १ खर्ब १३ अर्ब २७ करोड वैदेशिक ऋण देखाएको छ । यता, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १ खर्ब २५ अर्ब ६७ करोड वैदेशिक ऋण देखाएको हो । यता, अर्थमन्त्रालयको प्रतिवेदनले भने १ करोड १९ अर्ब ६ करोड प्राप्त भएको देखाएको छ ।

फरक‑फरक विवरण प्राप्त भएपछि महालेखाले भनेको छ, ‘तीन निकायहरूको विवरणमा वैदेशिक सहायता फरक परेको सम्बन्धमा हिसाब भिडान गरी यथार्थ प्राप्ति रकमको प्रतिवेदन हुनुपर्दछ । ’

महालेखाले अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामार्फत प्राप्त भएको सहायता पनि बजेटमा समावेश गर्दै वैदेशिक सहायताको लेखा परीक्षण गर्न भनेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register