हेटौँडाबाट ७५ सय लागुऔषध ट्रामाडोलसहित २ युवक पक्राउ

हेटौँडा । ७५ सय क्याप्सुल लागुऔषध ट्रामाडोलसहित २ जना पक्राउ परेका छन् । हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकप्वाईन्टस्थित पूर्व-पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा प्रहरीले ठूलो परिणामको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । सिम्ररौनगढबाट हेटौँडा बजारतर्फ आउँदै गरेको मधेस प्रदेश ०२–००१ च १४३८ नम्बरको पिकअप गाडीका चालक  बारा पचरौता नगरपालिका वडा नम्बर– ७ […]

Apr 24, 2025 - 13:15
 0
हेटौँडाबाट ७५ सय लागुऔषध ट्रामाडोलसहित २ युवक पक्राउ

हेटौँडा । ७५ सय क्याप्सुल लागुऔषध ट्रामाडोलसहित २ जना पक्राउ परेका छन् ।

हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकप्वाईन्टस्थित पूर्व-पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा प्रहरीले ठूलो परिणामको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

सिम्ररौनगढबाट हेटौँडा बजारतर्फ आउँदै गरेको मधेस प्रदेश ०२–००१ च १४३८ नम्बरको पिकअप गाडीका चालक  बारा पचरौता नगरपालिका वडा नम्बर– ७ बेनौलीका २५ वर्षीय तिर्थलाल पासवान र सहचालक सोही ठाउँका २३ वर्षीय सुनिल पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।

गाडीको अगाडिको इन्जिन भएको भागमा लुकाई छिपाई राखि ल्याइएको अवस्थामा लागुऔषध बरामद गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register