शिक्षक आन्दोलन आज २४औं दिन पनि जारी

काठमाडौं । काठमाडौंको सडककेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूको आन्दोलन आज (शुक्रबार) २४ औं दिन पनि जारी रहने छ । शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन राज्यको शिक्षाप्रतिको संवेदनहीनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग रहेको भन्दै शिक्षा ऐन जारी नभएसम्म नछोड्ने बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो लडाइँ राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा […]

Apr 25, 2025 - 05:42
 0
शिक्षक आन्दोलन आज २४औं दिन पनि जारी

काठमाडौं । काठमाडौंको सडककेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूको आन्दोलन आज (शुक्रबार) २४ औं दिन पनि जारी रहने छ ।

शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन राज्यको शिक्षाप्रतिको संवेदनहीनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग रहेको भन्दै शिक्षा ऐन जारी नभएसम्म नछोड्ने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो लडाइँ राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग छ । अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्रविरुद्ध छ । त्यसैले हाम्रा अभिव्यक्ति र व्यवहार त्यही अनुकूल हुनुपर्छ ।’

अध्यक्ष सुवेदीले यो आन्दोलन सबैको भएको भन्दै आन्दोलनका उपलब्धि पनि सबैका लागि समानरुपले प्राप्त हुने बताए ।

‘आन्दोलन सबैको हो । आन्दोलनका उपलब्धि पनि सबैका लागि समानरुपले प्राप्त हुनेछन् । त्यसैले आन्दोलनमा सहभागिता र योगदान पनि बराबर हुनुपर्छ भन्ने कुराप्रति सचेत रहीदिनु होला,’ उनले भने ।

सुवेदीले सडकको सफाइ, दुबो र बोटविबरुवाको सुरक्षाप्रति जिम्मेवार भई जेब्राक्रसबाहेक अन्य ठाउँबाट वारपार नगर्नसमेत अनुरोध गरेका छन् ।

शिक्षकहरू विद्यालय शिक्षा ऐन लागू हुनुपर्नेलगायत माग राख्दै चैत २० गतेदेखि आन्दोलनरत छन् ।

छाता ओढेर शिक्षकहरू आन्दोलनमा (तस्वीरसहित)

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register