टिपरको ठक्करबाट दाइको मृत्यु, बहिनी घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ बरचौरमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्की गम्भीर घाइते भएकी छन्। ग १ ख ५८७५ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिँदा व्यास नगरपालिका–५ पाटनका २८ वर्षीय मनिष आलेको घटनास्थलमै मृत्यु भएको हो। स्कुटर चालक मनिषसँगै पछाडि सवार उनकी बहिनी अनिशा आले गम्भीर घाइते भएकी […]

Apr 12, 2025 - 16:40
 0
टिपरको ठक्करबाट दाइको मृत्यु, बहिनी घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ बरचौरमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्की गम्भीर घाइते भएकी छन्।

ग १ ख ५८७५ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिँदा व्यास नगरपालिका–५ पाटनका २८ वर्षीय मनिष आलेको घटनास्थलमै मृत्यु भएको हो। स्कुटर चालक मनिषसँगै पछाडि सवार उनकी बहिनी अनिशा आले गम्भीर घाइते भएकी छन्।

घाइते अनिशालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा रेफर गरिएको प्रदेश अस्पताल दमौलीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register