पहलगाम घटनाको संसदमा निन्दा

काठमाडौं । कश्मिरको पहलगाम घटनामा भएको आतंककारी हमलाको  संसदमा निन्दा भएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सांसद गोकर्ण विष्टले घटनाप्रति खेद व्यक्त गरेका हुन् । संसदमा बोल्दै उनले भने,’नेपाली नागरिक सुदीप न्यौपाने सहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी हमलाप्रति खेद व्यक्त गर्न चाहान्छु । ‘ घटनामा ज्यान गुमाएकाप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेका छन् […]

Apr 25, 2025 - 09:12
 0
पहलगाम घटनाको संसदमा निन्दा

काठमाडौं । कश्मिरको पहलगाम घटनामा भएको आतंककारी हमलाको  संसदमा निन्दा भएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सांसद गोकर्ण विष्टले घटनाप्रति खेद व्यक्त गरेका हुन् ।
संसदमा बोल्दै उनले भने,’नेपाली नागरिक सुदीप न्यौपाने सहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी हमलाप्रति खेद व्यक्त गर्न चाहान्छु । ‘

घटनामा ज्यान गुमाएकाप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेका छन् । गत मंगलबार पहलगाममा आतंककारी समुहले २६ जनाको गोली प्रहार गरी हत्या गरेको थियो । उनीहरूले धर्म सोध्दै गोली प्रहार गरेको विवरण सार्वजनिक भइरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register