मातातीर्थ औशीको अवसरमा शिवसताक्षी-६ का २ सय मातालाई सम्मान

शिवसताक्षी, १३ बैशाख । शिवसताक्षी नगरपालिका वडा नं. ६ ले माता तीर्थ औंशीको अवसरमा वडाभरिका २ सय ज्येष्ठ आमाहरुलाई झुल वितरण गर्दै सम्मान गरेको छ । वडाले गर्मी याममा लाग्न सक्ने रोगहरुप्रति सचेत रहँदै स्वास्थ्य र मायाको चिनोस्वरूप ज्येष्ठ माताहरुलाई सम्मान गरिएको हो । आज शिवसताक्षी वडा नं. ६ को ज्येष्ठ नागरिक भवनमा एक कार्यक्रम [...] The post मातातीर्थ औशीको अवसरमा शिवसताक्षी-६ का २ सय मातालाई सम्मान appeared first on Jhapa Online.

Apr 26, 2025 - 12:39
 0
मातातीर्थ औशीको अवसरमा शिवसताक्षी-६ का २ सय मातालाई सम्मान

शिवसताक्षी, १३ बैशाख । शिवसताक्षी नगरपालिका वडा नं. ६ ले माता तीर्थ औंशीको अवसरमा वडाभरिका २ सय ज्येष्ठ आमाहरुलाई झुल वितरण गर्दै सम्मान गरेको छ । वडाले गर्मी याममा लाग्न सक्ने रोगहरुप्रति सचेत रहँदै स्वास्थ्य र मायाको चिनोस्वरूप ज्येष्ठ माताहरुलाई सम्मान गरिएको हो ।

आज शिवसताक्षी वडा नं. ६ को ज्येष्ठ नागरिक भवनमा एक कार्यक्रम गर्दै नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, वडाध्यक्ष मनोजखुलाल, वडासदस्य गोमा रिजाल लगायत जनप्रतिनिधहरुले झुल वितरण गर्नु भएको थियो ।

झुल वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख मेगाहाङ्ग थोप्राले वडाले ज्येष्ठ नागरिक लक्षित कार्यक्रम राखेर सराहनीय काम गरेको जानकारी दिनु भयो । ज्येष्ठ नागरिकहरू हाम्रो समाजका जिवन्त इतिहास हुन् उहाँहरूको स्वास्थ्य र सम्मानमा कुनै कमी हुन दिनु हुँदैन भन्दै नगरप्रमखु थोप्राले बृद्ध अवस्थामा रहेका माताहरुलाई माता तीर्थ औंशीमा उहाँहरुको सु–स्वास्थ्य र दीर्घ जीवनको शुभकामना दिनु भएको थियो । उहाँले वडा नं. ६ मा निर्माण गरिएको ज्येष्ठ नागरिक भवनमा नगरले शिलिङ लगाइदिने घोषणा गर्नु भयो ।

त्यस्तै कार्यक्रममा वडाध्यक्ष मनोज खुलाल कार्कील आमाबुबाको आशीर्वादले नै हाम्रो प्रगति सम्भव भएको भन्दै उहाँहरूलाई सम्मान गर्नु हाम्रो कर्तव्य भएको बताउनु भयो । आमाहरुसँग उहाँको सुख दुखका कुराहरु सुनेर हामीलाई थप अघि बढ्न प्रेरणा मिल्ने र आमा बुबाहरुका समस्याहरुलाई बुझने मौका मिल्ने वडाध्यक्ष खुलालको भनाई थियो ।

वडाको विनियोजित ९४ हजार बजेटबाट २ सय थान झुल प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।
त्यस्तै कार्यक्रममा स्वागत मन्यव्य राख्दै वडा सदस्य गोमा रिजाले आमा एउटा यस्तो शब्द, जसको गहिराइ नाप्न शब्दहरु नै अपुग रहेको बताउनु भयो । आमा धर्ती हुन् जसले सबैलाई अँगालोमा राख्छिन्, आमा सृष्टिकर्ता हुन्, जसले जीवन दिन्छिन, हुर्काउँछिन, मार्ग देखाउँछिन आमा बिना संसार अधुरो हुने बताउनु भयो । माता तीर्थ औंशीमा वडाका ज्येष्ठ आमाहरुलाइ घर घरमा गएर भेट्न असम्भव भएर एकै ठाउँमा ज्येष्ठ आमाहरुलाई भेला गरिएको जानकारी दिनु भयो । भोली माता तीर्थ औंशी भएकाले आजै माताहरुलाई वडाले दीर्घायुको कामना गर्दै सम्मान गरिएको उहाँको भनाई थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिक वडा नं. ६ का अध्यक्ष चक्रप्रसाद लुईटेल, गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतमलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन वडासचिव कमला कुमारी भेट्वालले गरेकी थिइन् ।

The post मातातीर्थ औशीको अवसरमा शिवसताक्षी-६ का २ सय मातालाई सम्मान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register