भोलिसम्म वर्षाको सम्भावना

झापा, १५ बैशाख । देशका विभिन्न स्थानमा आउँदो मङ्गलबारसम्म हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ । आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म पनि विभिन्न भूभागमा कायम रहने भएको हो । अत्यधिक तातो बढेका बेला भएको बदली र वर्षाले आमनागरिकलाई गर्मीबाट राहत पुगेको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार [...] The post भोलिसम्म वर्षाको सम्भावना appeared first on Jhapa Online.

Apr 28, 2025 - 03:06
 0
भोलिसम्म वर्षाको सम्भावना

झापा, १५ बैशाख । देशका विभिन्न स्थानमा आउँदो मङ्गलबारसम्म हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ । आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म पनि विभिन्न भूभागमा कायम रहने भएको हो । अत्यधिक तातो बढेका बेला भएको बदली र वर्षाले आमनागरिकलाई गर्मीबाट राहत पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आइतबार देशका अधिकांश भूभागमा बदलीसहित हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । मौसमविद् गोविन्द झाका अनुसार आइतबारदेखि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव बढेको छ । साथै बङ्गालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा गराउन मद्दत पुर्‍याएको छ ।

वर्षाले चिस्यान हल्का बढाए पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा गर्मीको अवस्था कायम रहेकाले सतर्कता अपनाउन भनिएको छ । कोशी प्रदेश र मधेश प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा अन्यत्रभन्दा राम्रो वर्षा हुने र गड्याङगुडुङसहित चट्याङ पर्ने सम्भावना भएकाले सचेत रहन विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

सोमबार पनि कोशी, मधेश र बागमती प्रदेशमा हल्का वर्षा हुने सम्भावना छ । मङ्गलबार पनि यी तीन प्रदेशसहित लुम्बिनी प्रदेशमा हल्का वर्षा हुने छ । उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिनुभयो । बुधबारदेखि भने अधिकांश भूभागमा हल्का सुधार देखिए पनि केही भेगमा बदली र हल्का वर्षा कायम रहने जनाइएको छ ।

The post भोलिसम्म वर्षाको सम्भावना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register