पाथीभरा केबलकार निर्माणद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

झापा, १६ बैशाख । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै पाथीभरा देवी दर्शन केबलकार कम्पनीले आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको हो । कम्पनीले गत हप्ता काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत ताप्लेजुङ जिल्लाको पाथीभरामा निर्माणाधीन केबलकारसँग सबन्धित स्थानीयबासीका सरोकारका केही विषयमा पहिचानका लागि [...] The post पाथीभरा केबलकार निर्माणद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान appeared first on Jhapa Online.

Apr 29, 2025 - 02:39
 0
पाथीभरा केबलकार निर्माणद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

झापा, १६ बैशाख । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै पाथीभरा देवी दर्शन केबलकार कम्पनीले आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको हो ।

कम्पनीले गत हप्ता काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत ताप्लेजुङ जिल्लाको पाथीभरामा निर्माणाधीन केबलकारसँग सबन्धित स्थानीयबासीका सरोकारका केही विषयमा पहिचानका लागि युवा लगायत विभिन्न स्थानीय सङ्घ–संस्थाहरूले वार्ता तथा छलफलबाट समाधान निकाल्ने र परियोजना निर्माणमा सहज वातावरण बनाउन सम्बद्ध सबै पक्षसँग आग्रह गरिएकोमा कम्पनीले त्यसलाई सकारात्मक रूपमा लिएको बताएको छ ।

कम्पनीले परियोजना निर्माणका लागि आवश्यक नेपाल सरकारको मापदण्ड अनुसार वातावरणीय प्रभाव मूल्याङ्कनलगायत सम्पूर्ण सरकारी प्रक्रिया पुरा गरेर परियोजना निर्माणको क्रममा रहेको बताउँदै स्थानीय कला, संस्कृति, पहिचान र धार्मिक परम्परा बमोजिम परियोजना निर्माण गर्ने र आवश्यकताअनुसार स्थानीय जनप्रतिनिधि तथा सबै सरोकारवालाहरूसँग वार्ता, छलफल तथा समन्वय गरी अगाडि बढ्ने जानकारी समेत गराएको छ ।

The post पाथीभरा केबलकार निर्माणद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register