आन्दोलनरत शिक्षकलाई खाना खुवाएर एक महिनामै ९ लाख आम्दानी ! 

काठमाडौँ । शिक्षक/शिक्षिकालाई खाजा/खाना खुवाएर धुण्डीराज पोखरेलले एक महिनामै ९ लाख रुपैयाँ आम्दानी गरेका छन् ।  काठमाडौँको बिजुली बजारमा होटल व्यवसाय गर्दै आएका अर्घाखाँचीका पोखरेलले शिक्षक आन्दोलन सुरु भएदेखि आन्दोलनमा आएका शिक्षक/शिक्षिकालाई खाजा/खाना खुवाएक एक महिनामै ९ लाख रुपैयाँ आम्दानी गरेका हुन् ।  पोखरेलले विगत २२ वर्षदेखि काठमाडौँका विभिन्न ठाउँमा होटल व्यवसाय गर्दै आएका थिए […]

Apr 29, 2025 - 06:11
 0
आन्दोलनरत शिक्षकलाई खाना खुवाएर एक महिनामै ९ लाख आम्दानी ! 

काठमाडौँ । शिक्षक/शिक्षिकालाई खाजा/खाना खुवाएर धुण्डीराज पोखरेलले एक महिनामै ९ लाख रुपैयाँ आम्दानी गरेका छन् । 

काठमाडौँको बिजुली बजारमा होटल व्यवसाय गर्दै आएका अर्घाखाँचीका पोखरेलले शिक्षक आन्दोलन सुरु भएदेखि आन्दोलनमा आएका शिक्षक/शिक्षिकालाई खाजा/खाना खुवाएक एक महिनामै ९ लाख रुपैयाँ आम्दानी गरेका हुन् । 

पोखरेलले विगत २२ वर्षदेखि काठमाडौँका विभिन्न ठाउँमा होटल व्यवसाय गर्दै आएका थिए । तर, उनले ६ महिनाअघि मात्रै बिजुली बजारमा होटल व्यवसाय सुरु गरेका थिए । 

अन्य समयमा सामान्य आम्दानी हुने गरे पनि शिक्षक आन्दोलनका कारण राम्रै आम्दानी भइरहेको पोखरेलले बताएका छन् । हाल पोखरेलले आफ्नो होटलमा सात जनालाई रोजगारीसमेत दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register