सर्वोच्चको गगन थापालाई आदेश- विचाराधीन मुद्दामा असर पर्ने अभिव्यक्ति नदिनू

सर्वोच्चले वैयक्तिक स्वतन्त्रता निरपेक्ष नहुने भन्दै विचाराधीन मुद्दामा संघीय संसद्को सदनमा समेत छलफल नगरिने मान्यता रहेको स्मरण गराएको छ।

Apr 29, 2025 - 14:19
 0
सर्वोच्चको गगन थापालाई आदेश- विचाराधीन मुद्दामा असर पर्ने अभिव्यक्ति नदिनू

काठमाडौं ।  सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापालाई अदालतमा विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै पनि अभिव्यक्ति नदिन आदेश जारी गरेको छ।

अधिवक्ता अनन्तराज लुईंटेल लगायतले थापाविरुद्ध दायर गरेको अदालतको अवहेलनासम्बन्धी निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो। अदालतले ‘न्याय सम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलतालाई विचार गर्न’ आग्रह गर्दै विचाराधीन मुद्दामा अभिव्यक्ति नदिन भनेको छ।

आफ्नो आदेशमा सर्वोच्चले भनेको छ, ‘अदालतमा विचाराधीन मुद्दामा निष्पक्ष न्याय सम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेतलाई विचार गरी अदालत समक्ष विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति दिने कार्य नगर्नू नगराउनू।’

सर्वोच्चले वैयक्तिक स्वतन्त्रता निरपेक्ष नहुने भन्दै विचाराधीन मुद्दामा संघीय संसद्को सदनमा समेत छलफल नगरिने मान्यता रहेको स्मरण गराएको छ। अदालतले न्यायनिरुपणमा प्रतिकूल असर पर्नेगरी संसदमा समेत अभिव्यक्ति दिन नमिल्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै अन्यत्र दिइने अभिव्यक्तिमा अझ बढी संवेदनशील हुनुपर्ने आशयको आदेश जारी गरेको छ।

केही दिनअघि काङ्ग्रेस महामन्त्री थापाले ‘५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामा सर्वोच्च अदालतले डिल गरिरहेको’ भन्ने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिको विरुद्ध अधिवक्ता लुईंटेल लगायतले अदालतको अवहेलनाको कारबाही माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register