जनमत र नाउपाबीच एकता घोषणा हुँदै, पूर्व सीके र पश्चिम रञ्जिताको जिम्मा

काठमाडौं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीबीच बुधबार एकता घोषणा हुँदै छ । सीके राउत अध्यक्ष र रञ्जिता श्रेष्ठ (चौधरी) सहअध्यक्ष हुने गरी पार्टी एकता हुन लागेको हो । नयाँ पार्टीमा नाउपाकी श्रेष्ठले चितवन पश्चिमको जिम्मेवारी सम्हाल्नेछिन् भने सीके राउतले चितव पूर्वको जिम्मेवारी सम्हाल्नेछन् । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा […]

Apr 30, 2025 - 06:01
 0
जनमत र नाउपाबीच एकता घोषणा हुँदै, पूर्व सीके र पश्चिम रञ्जिताको जिम्मा

काठमाडौं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीबीच बुधबार एकता घोषणा हुँदै छ । सीके राउत अध्यक्ष र रञ्जिता श्रेष्ठ (चौधरी) सहअध्यक्ष हुने गरी पार्टी एकता हुन लागेको हो ।

नयाँ पार्टीमा नाउपाकी श्रेष्ठले चितवन पश्चिमको जिम्मेवारी सम्हाल्नेछिन् भने सीके राउतले चितव पूर्वको जिम्मेवारी सम्हाल्नेछन् ।

कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रम गरी पार्टी एकता घोषणा गर्न लागिएको बताए । यो पार्टी एकता भएसँगै संसदमा १० सिट रहेको नयाँ पार्टीको जन्म हुनेछ । र यो पार्टीको नाम नागरिक जनमत पार्टी (नाजपा) हुनेछ । हाल जनमतका ६ र नाउपाका ४ सांसद छन् । मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register