शहीद र बेपत्ता परिवारप्रतिको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छु : प्रचण्ड

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका अध्यक्ष दाहालले आज शहीद परिवार सम्मान कार्यक्रममा ‘एक शहीद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने बताए । अध्यक्ष दाहालले शहीद, बेपत्ता योद्धा […]

Apr 30, 2025 - 06:28
 0
शहीद र बेपत्ता परिवारप्रतिको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छु : प्रचण्ड

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका अध्यक्ष दाहालले आज शहीद परिवार सम्मान कार्यक्रममा ‘एक शहीद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने बताए ।

अध्यक्ष दाहालले शहीद, बेपत्ता योद्धा परिवारप्रतिको जिम्मेवारी र कर्तव्य पूरा गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताए । शहीदले देखाएको सत्‌मार्गमा लाग्ने प्रण गर्दै उनले शहीद परिवारका सदस्यलाई पार्टीले उच्च स्थानमा राखेको बताए ।

जनताको बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको चर्चा गर्दै प्रचण्डले गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन नसक्ने उल्लेख गरे । त्यस अवसरमा उनले शहीद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register