यसरी उब्जेको थियो विनोदको मनमा वाईवाई बनाउने सोच

काठमाडौं । वाईवाई चाउचाउ तपाईंहरुले पसलमा देखेको हुनुपर्छ । नभए नास्ताका रुपमा यसको स्वाद त चाख्नु नै भएको होला । वाईवाई चाउचाउ एशियामा मात्र नभई एशिया बाहिर पनि लोकप्रिय छ । यो स्वादिलो ब्राण्डको पछाडि छन्, आकर्षक व्यक्तित्व विनोदकुमार चौधरी । धेरैलाई यो कुरा थाहा नहुन सक्छ । नेपालका व्यवसायी विनोदले आफ्नो पारिपारिक व्यावसायलाई आज […]

Apr 30, 2025 - 07:01
 0
यसरी उब्जेको थियो विनोदको मनमा वाईवाई बनाउने सोच

काठमाडौं । वाईवाई चाउचाउ तपाईंहरुले पसलमा देखेको हुनुपर्छ । नभए नास्ताका रुपमा यसको स्वाद त चाख्नु नै भएको होला । वाईवाई चाउचाउ एशियामा मात्र नभई एशिया बाहिर पनि लोकप्रिय छ ।

यो स्वादिलो ब्राण्डको पछाडि छन्, आकर्षक व्यक्तित्व विनोदकुमार चौधरी । धेरैलाई यो कुरा थाहा नहुन सक्छ । नेपालका व्यवसायी विनोदले आफ्नो पारिपारिक व्यावसायलाई आज विश्वभर साम्राज्य जस्तो फैलाएका छन् । उनको सफलता लोभलाग्दो र धन्यवाद भन्न योग्य छ । धेरैले उनलाई ‘चाउचाउका सम्राट’को संज्ञा दिने गर्दछन् ।

विनोद नेपालको पहिलो र एक मात्र डलर अर्बपति हुन् । उनले आफ्नो पारिवारिक व्यवसायलाई सीजी ग्रुप ग्लोबलको एक वैश्विक साम्राज्यमा विस्तार गरे । यो ग्रुपको मुख्य उत्पादन हो, वाईवाई चाउचाउ ।

वाईवाई चाउचाउ बनाउने सोच थाइल्यान्ड यात्राको क्रममा आएको थियो । यो वाईवाई चाउचाउ आज विश्वभर लोकप्रिय छ । उनी व्यापारी मात्र हैनन्, राजनीतिज्ञ र समाजसेवी पनि हुन् । चौधरी फाउन्डेसनमार्फत उनी नेपालको विकास र विपद्‌मा राहत दिने काममा सामेल हुन्छन् ।

काठमाडौंको सुरुवातदेखि अग्रणी बहुराष्ट्रिय कम्पनीहरुको समूहसम्म पुग्दाको विनोदको व्यवसायिक यात्रा उद्यमशीलता र सेवाको सम्मोहक हो ।

आफ्नो विश्व चर्चित ब्राण्डको चाउचाउ, ठूलो र बलियो व्यावसायिक साम्राज्य, राजनीतिक मेहनत, समाजसेवी प्रयासमार्फत विनोदले नेपालमा मात्र हैन, विश्वभरि अमिट पदचाप छाडेका छन् ।

विनोद सन् १९५५ अप्रिल १४ मा काठमाडौंमा जन्मेका थिए । उनी मारवाडी समुदायका हुन् । मारवाडी समुदाय व्यवसायिक सीपका लागि प्रसिद्ध छ ।

उनका हजुरबा भारतको राजस्थानका मुल बासिन्दा थिए । तर, उनले नेपाल बसाइँ सरेर कपडाको व्यवसाय सुरु गरे । हजुरबाको पदचाप पछ्याउँदै विनोदका बुवाले नेपालमै पहिलोपटक कपडाको विशाल भण्डार खोले । यो पसल नेपालको खुद्रा व्यापारकै इतिहासमा उल्लेखनीय कदम थियो ।

विनोद एक उद्यमी मात्र हैनन्, उत्तिकै सशक्त राजनीतिज्ञ पनि हुन् । उनी नेपालका सांसद र नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय सदस्य पनि हुन् । आर्थिक, ज्ञान, सिप र क्षमतालाई उनी राजनीतिमार्फत देश विकासका लागि उपयोग गर्दछन् ।

सन् १९९५ मा विनोदले चौधरी फाउन्डेसन स्थापना गरे । यो उनको समाजसेवाप्रतिको अनुरागपूर्ण प्रतिबद्धता थियो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, विपद् राहत र दिगोपनका क्षेत्रमा काम गर्दछ ।

सन् २०१५ को महाभूकम्पमा विनोदको फाउन्डेसन राहत तथा पुनर्निर्माण कार्यमा खटिने नेतृत्वदायी संस्थामध्ये एक थियो । यसले मानिसलाई आर्थिक राहतका साथै विद्यालय भवन निर्माण, आवास निर्माणसँगै आपत्‌कालीन सामग्रीको आपूर्ति गरेको थियो ।

आफ्ना बुवाको व्यवसाय सम्हाल्नथालेपछि उनी पारिवारिक व्यवसायमा मात्र सीमित भएनन् । आफ्नो पारिवारिक व्यवसायलाई विस्तार गरेर उनले विशाल रुप दिए । आज उनी सीजी कोर ग्लोबलका मुख्य नेतृत्वकर्ता हुन् । सीजी कोरले एक दर्जन बढी देशमा १६० बढी व्यवसायिक संस्था सञ्चालन गर्दछ । सीजी कोरमा १५ हजार बढीले रोजगारी पाएका छन् ।

उनले हरेक क्षेत्रमा हात हालेका छन् । जस्तो कि घरजग्गा कारोबार, होटल, दूरसञ्चार, इलेक्ट्रोनिक्स, शिक्षा, उर्जा, बायोटेक्नोलोजी आदि सबै क्षेत्रमा चौधरी समूहको लगानी छ । यीमध्ये पनि सबैभन्दा ठूलो र सफल व्यावसाय भने वाईवाई चाउचाउ नै हो ।

वाईवाई चाउचाउ खाने तरिका र स्वाद दुवै अद्धितीय छ । यसले भारत र नेपालमा मात्र हैन, विश्वभरि नै उत्तिकै माया पाएको छ ।

वाईवाई चाउचाउ उत्पादन गर्ने सोच विनोदले थाइल्यान्ड भ्रमणको क्रममा बनाएका थिए । वाईवाई चाउचाउको उत्पादन सुरु गरेको छोटो अवधिमै विनोदका व्यवासाय फस्टायो । नेपालमा वाईवाई सफल भएपछि यसलाई भारतीय बजारमा समेत प्रवेश गराइएको थियो ।

भारतमा समेत वाईवाईले उत्तिकै सफलतापूर्ण यात्रा गर्‍यो । चाउचाउका पारखीले वाईवाईलाई उत्साहपूर्वक स्वागत गरे । खुबै मन पराए ।

विनोदसँग आज २ विलियन डलर बराबरको सम्पत्ति छ । तर, उनका यी सफलता आर्थिक र व्यवसायिक कारणले मात्र प्रसंशित छैनन् । उनको दूरदृष्टि, दृढता, अठोट र सामाजिक कार्य पनि उत्तिकै प्रशंसनीय छ ।

‘सानो व्यवसायलाई कसरी अन्तर्राष्ट्रिय महत्वको एक बिशाल आर्थिक साम्राज्य बनायो’ भनेर बताउने प्रेरणादायी अनुभव हो, विनोदको कथा ।

जति धेरै विश्व बजारमा विनोद सफल हुन्छन्, त्यति नै उनी आफ्नो मातृभूमिमा अझ दरिलोसँग खुट्टा टेक्छन् । आफ्नो सामाजिक सेवालाई फैलाउँछन् ।

टाइम्स अफ इन्डियाबाट अनुदित ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register