पूर्वमन्त्री आलेद्वारा वरिष्ठ उपाध्यक्ष लामाको उपचारका लागि आर्थिक सहयोग

डोटी । डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष अमर लामाको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । लामोमयदेखि बिरामी भएर त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराई रहेकका उपाध्यक्ष लामालाई अस्पताल पुगेर उनले उपचारका लागि आर्थिक सहयोग प्रदान गरेकाे उनका स्वकीय सचिव हेमन्त […]

Apr 30, 2025 - 07:15
 0
पूर्वमन्त्री आलेद्वारा वरिष्ठ उपाध्यक्ष लामाको उपचारका लागि आर्थिक सहयोग

डोटी ।
डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष अमर लामाको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।

लामोमयदेखि बिरामी भएर त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराई रहेकका उपाध्यक्ष लामालाई अस्पताल पुगेर उनले उपचारका लागि आर्थिक सहयोग प्रदान गरेकाे उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

उनले भने, “पूर्वमन्त्री आले ज्युले टिचिङ् अस्पतालमा उपचार गराइरहनु भएका उपाध्यक्ष लामाको स्वास्थ्य अवस्था बारे जानकारी लिनुका साथै उपचारका लागि रु २५ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।” लामा डोटीको बडीकेदार गाउँपालिका–३, देवलका स्थायीबासी हुनुहुन्छ । उहाँ लोक तथा दोहोरी गायक एवं उद्घोषक हुनुहुन्छ ।


गत चैत्र १७ देखि कैलालीको धनगढी स्थित मायामेट्रो असपतालमा भर्ना भई निरन्तर डाक्टरको फोलो अपमा रही उपचार गर्दा उहाँको अवस्था थप जटिल बन्दै गएपछि यही वैशाख ६ गते मायामेट्रोको आइसीयुमा तथा ९ गतेदेखि एचडीयुमा राखेर उपचार गर्दा रोग निदान नभएपछि उहाँलाई यही १४ गते थप जाँचको लागि सेती प्रादेशिक अस्पतालबाट काठमाडौँ रिफर गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register