मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु

धनकुटा । मासु खाने क्रममा घाँटीमा हड्डी अड्किँदा धनकुटाको महालक्ष्मी नगरपालिका-९, मूर्तिढुङ्गाका एक जना वृद्धको मृत्यु भएको छ। ७८ वर्षीय प्रेम बहादुर लिम्बूको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार राति खानासँग सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर गम्भीर बिरामी भएका लिम्बुको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारको क्रममा राति साढे १० बजे अस्पतालमा मृत्यु भएको […]

Jun 14, 2025 - 04:25
 0
मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु

धनकुटा ।

मासु खाने क्रममा घाँटीमा हड्डी अड्किँदा धनकुटाको महालक्ष्मी नगरपालिका-९, मूर्तिढुङ्गाका एक जना वृद्धको मृत्यु भएको छ। ७८ वर्षीय प्रेम बहादुर लिम्बूको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार राति खानासँग सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर गम्भीर बिरामी भएका लिम्बुको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारको क्रममा राति साढे १० बजे अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोस्टमार्टम लगायत अन्य कानुनी प्रक्रिया तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register