बुधबार १३.६९ अंकले घट्यो नेप्से, कारोबार रकम कति ?

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३.६९ अंकले घटेर २६६४.४७ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३०७ कम्पनीको २ करोड २० लाख ७५ हजार ७ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ९० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत […]

Jun 11, 2025 - 10:45
 0
बुधबार १३.६९ अंकले घट्यो नेप्से, कारोबार रकम कति ?

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३.६९ अंकले घटेर २६६४.४७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०७ कम्पनीको २ करोड २० लाख ७५ हजार ७ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ९० करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ६१ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको बजारमा पियोर इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register