फ्याक्टचेक: बाटो बिग्रेको विरोधमा झापाली जनताले सडकमा केरा रोपेका छैनन्, भाइरल भिडिओ डिपफेक हो
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा रामप्रसाद रिमाल नामका एक व्यक्तिले पक्की बाटो बिग्रिएर सडकमा खाल्डो परेपछि झापामा मानिसहरूले केराको बोटहरू सडकमा नै रोपेको दाबी गर्दै एक भिडिओ शेयर गरे । उक्त भिडिओलाई धेरैले वास्तविक ठानी प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेता र सरकारलाई गाली गरिरहेका छन् । तर टेकपानाले तथ्यजाँच गर्ने क्रममा उक्त भिडिओ डिपफेक भएको पाइएको छ । दाबी रामप्रसाद रिमाल नामको फेसबुक पेजबाट उक्त भिडिओ सोमबार दिउँसो ४:०३ बजे सार्वजनिक गरिएको हो । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओलाई १० लाखभन्दा बढी...

What's Your Reaction?






