‘भ्वाइस अफ नेपाल’को फाईनालिस्ट रोशनलाई खोटाङमा भव्य स्वागत 

खोटाङ।    , ‘द भ्वाइस अफ नेपाल’को छैटौँ सिजनमा उत्कृष्ट ४ अर्थात फाईनल राउण्डमा पुग्न सफल प्रतियोगी रोशन राई(पालुवा स्टार)लाई गृह जिल्ला खोटाङमा भव्य स्वागत गरिएको छ । टीम मेलिना राईबाट फाइन चरणमा पुग्न सफल राईलाई बुधवार दिक्तेलबजारमा साँस्कृतिक झाँकीसहित स्वागत गरिएको हो ।   दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका गायक राई दिक्तेलबजारको माउण्ट एभरेस्ट बोर्डिङ स्कुलले […]

Apr 30, 2025 - 18:27
 0
‘भ्वाइस अफ नेपाल’को फाईनालिस्ट रोशनलाई खोटाङमा भव्य स्वागत 

खोटाङ।   

, ‘द भ्वाइस अफ नेपाल’को छैटौँ सिजनमा उत्कृष्ट ४ अर्थात फाईनल राउण्डमा पुग्न सफल प्रतियोगी रोशन राई(पालुवा स्टार)लाई गृह जिल्ला खोटाङमा भव्य स्वागत गरिएको छ । टीम मेलिना राईबाट फाइन चरणमा पुग्न सफल राईलाई बुधवार दिक्तेलबजारमा साँस्कृतिक झाँकीसहित स्वागत गरिएको हो । 

 दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका गायक राई दिक्तेलबजारको माउण्ट एभरेस्ट बोर्डिङ स्कुलले आयोजना गरेको ‘रोशन राई जिताउ अभियान’ सहितको साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन जिल्लामा उपस्थित भएका हुन् । राईसहितका टोलीलाई किरातचोकदेखि हाटडाँडा हुँदै त्रिबेणीचोक स्थित कार्यक्रमस्थल अर्थात बिद्यालयको प्राङ्गणसम्म ¥यालीसहित स्वागत गरिएको आयोजकले जनाएको छ ।  

पालुवास्टारले समेत परिचित राई सोही बिद्यालयमा कक्षा–८ देखि तत्कालिन माबि तहसम्म पूर्ण छात्रबृति(स्कलरसीप)मा अध्ययन गरेका थिए । उनी गायन प्रतिभामा अब्बल भएकै कारण संगीत बिधाबाट बिद्यालयले सो अवसर प्रदान गरेका थिए ।

 रोशनसहित टोलीमा आएका खोटाङकै गायिका मनिता राई, गायक तथा संगीतकार हसन राई लगायतले गायत प्रस्तुति दिएको कार्यक्रममा रोशनको कोच गायिका मेलिना राई आउने भनिए पनि बिशेष काराण आउन नसकेको जनाईएको छ । रोशन जिताउनका लागि कार्यक्रमस्थलमा स्वैच्छिक सहयोग रकम समेत जुटाइएको छ । बजारमा समेत स्वैच्छिक सहयोगका लागि डुल्ने बिद्यालयका शिक्षकहरुले जनाएका छन् । 

गायनबाट स्थापित बनिसकेका राईलाई जिताउन उक्त बिद्यालयसहित जिल्लास्थित विभिन्न संघ–संस्था तथा ब्यक्तिहरु जुटिरहेका छन् । हङ्कङ लगायत देशका बिभन्न स्थानमा प्रस्तुति दिईरहने राईको विभिन्न गीतहरु स्थापित भइसकेको छ । रोशन राई गायन सँगसँगै सङ्गीतमा समेत खुबी राख्ने गर्दछ ।  

हिमालय टेलिभिजनबाट हरेक शनिवार राती प्रस्तुत हुने गायन रियालिटी सो द भ्वाईस अफ नेपालको यस श्रृंखलामा खोटाङकै इन्द्रकला राई समेत अघिल्लो चरणसम्म आइपुगेकी थिइन । एउटै जिल्ला र एउटै समुदायका दुई प्रतिस्पर्धी भएका कारण शुभचिन्तकका भोट बाँडिरहेको थियो । तर कोच खेम सेन्चुरीको टीममा रहेकी बुइपाकी ईन्द्रकला  बाहिरिएपछि रोशनलाई उपाधि चुम्न सहज हुने आँकलन गरिन्छ । 

चार जना कोचको चारै जना प्रतिस्पर्धी रहेको भ्वाइसको ग्राण्ड फिनाले आगामी शुक्रबार हुनेछ ।  फाईनलमा टीम उदय सोताङबाट अर्पणा आचार्य, टीम खेम सेन्चुरीबाट प्रोसेस पाण्डे, टीम राजु लामाबाट प्रमेश राई फाइनलिस्ट बनेका छन् । डिजिटल अडिसनमा सहभागी करिब ६० हजार आवेदकमध्येबाट छनौट भएका १ सय २० बढी प्रतिभाहरु ब्लाइन्ड अडिसनमा सहभागी भएका थिए । अडिसनमा नेपालसहित विभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरु समेत सहभागी बनेका थिए।

द भोइस अफ नेपाल अन्तर्राष्ट्रिय टेलिभिजन गायनको वास्तविकता शृङ्खला द भोइसको एक नेपाली कार्यक्रम हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register