इजरायल र इरानलाई राष्ट्र संघका महासचिवको अपिल : शान्ति र कूटनीतिको बाटो अपनाउनू

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेसले इजरायल र इरानलाई ’तनाव रोक्न र शान्तिको बाटो अपनाउन’ अपिल गरेका छन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत् शान्ति र कूटनीतिको बाटो अपनाउन आग्रह गरेका हुन् । ‘इजरायलले इरानको आणविक स्थलहरूमा आक्रमण गर्छ, इरानले तेल अभिभमा मिसाइल प्रहार गरेर बदला लिन्छ । अब धेरै भयो । यसलाई रोक्ने […]

Jun 14, 2025 - 04:32
 0
इजरायल र इरानलाई राष्ट्र संघका महासचिवको अपिल : शान्ति र कूटनीतिको बाटो अपनाउनू

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेसले इजरायल र इरानलाई ’तनाव रोक्न र शान्तिको बाटो अपनाउन’ अपिल गरेका छन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत् शान्ति र कूटनीतिको बाटो अपनाउन आग्रह गरेका हुन् ।

‘इजरायलले इरानको आणविक स्थलहरूमा आक्रमण गर्छ, इरानले तेल अभिभमा मिसाइल प्रहार गरेर बदला लिन्छ । अब धेरै भयो । यसलाई रोक्ने समय आएको छ । शान्ति र कूटनीतिको बाटो अपनाउनुपर्छ,’ उनले एक्समा लेखेका छन् ।

साथै युरोपेली संघ (ईयू)की अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग शान्तिका विषयमा छलफल गरेको बताएकी छिन् । लेयनले पनि दुवै पक्षलाई संयम अपनाउन र तनाव कम गर्न अपिल गरेको बताइन् ।

‘इजरायललाई आफ्नो र आफ्ना जनताको रक्षा गर्ने अधिकार छ,’ उनले एक्समा लेखेकी छिन्, ‘साथै, क्षेत्रीय स्थिरता कायम राख्नु पनि महत्त्वपूर्ण छ ।’

इजरायलले शुक्रबार इरानका विभिन्न स्थानमा आक्रमण गरेको थियो, त्यसपछि इरानले बदलास्वरुप इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।
त्यसबेलादेखि दुई देशबीच तनावको अवस्था कायमै छ क।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register