कोरोनापछि संकटमा परेका बिआरआई राष्ट्रहरुले राहत मागेपछि दबाबमा चीन

काठमाडौँ । कोरोना भाइरस महामारीका कारण विश्वकै सबैभन्दा ठूलो विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)’ मा संलग्न संकटग्रस्त देशहरूले चीनसँग ठूलो संख्यामा ऋण राहतको माग गरेका छन् । चिनियाँ नीतिनिर्माता र बैंकरहरूका अनुसार, चीनले आफ्ना वित्तीय संस्थाबाट दिइएका ऋणहरूको ब्याज स्थगन जस्ता विभिन्न विकल्पहरू विचार गरिरहेको छ । तर, उनीहरूले पूर्ण ऋण माफीको सम्भावना […]

May 1, 2025 - 10:16
 0
कोरोनापछि संकटमा परेका बिआरआई राष्ट्रहरुले राहत मागेपछि दबाबमा चीन

काठमाडौँ । कोरोना भाइरस महामारीका कारण विश्वकै सबैभन्दा ठूलो विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)’ मा संलग्न संकटग्रस्त देशहरूले चीनसँग ठूलो संख्यामा ऋण राहतको माग गरेका छन् ।

चिनियाँ नीतिनिर्माता र बैंकरहरूका अनुसार, चीनले आफ्ना वित्तीय संस्थाबाट दिइएका ऋणहरूको ब्याज स्थगन जस्ता विभिन्न विकल्पहरू विचार गरिरहेको छ । तर, उनीहरूले पूर्ण ऋण माफीको सम्भावना भने निकै न्यून रहेको बताएका छन् ।

‘धेरैजसो देशहरूले ऋणको सर्त फेरबदल गर्न खोजिरहेका छन्’. चीन विकास बैंकका एक अनुसन्धानकर्ताले बताए । चीन विकास बैंक र एक्सपोर्ट–इम्पोर्ट बैंकले बिआरआई अन्तर्गत अर्बौं डलर ऋण प्रदान गरेका छन् । उनी भन्छन्, ‘तर नयाँ सम्झौता गर्न समय लाग्छ, र अहिले त विदेश यात्रा पनि सम्भव छैन । बिआरआईको ऋण सहयोग होइन, कम्तीमा मूलधन र केही ब्याज त फिर्ता हुनैपर्छ।’

सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रमुख वैदेशिक नीति कार्यक्रमका रूपमा सुरु गरिएको बिआरआईको उद्देश्य विश्वभर पूर्वाधार निर्माण गर्दै चीनको प्रभाव विस्तार गर्नु हो । हालसम्म १३८ देशहरू यसमा औपचारिक रूपमा सहभागी भइसकेका छन्, तीमध्ये अधिकांश विकासशील र कमजोर क्रेडिट रेटिङ भएका मुलुकहरू छन् ।

बिआरआई परियोजनासँग सम्बन्धित आर्थिक विवरणहरू चीनले सार्वजनिक नगरे पनि वाशिङटनस्थित RWR Advisory को अनुमानअनुसार सन् २०१३ यता चिनियाँ वित्तीय संस्थाहरूले बिआरआईमा ४६१ डलर अर्ब बराबरको ऋण प्रदान गरेका छन् । कार्यान्वयन दर कम भए पनि यो रकमले बिआरआईलाई विश्वकै सबैभन्दा ठूलो विकास परियोजना बनाएको छ ।

अफ्रिकाका धेरै राष्ट्रहरूले ऋण राहतका लागि बेइजिङमा आवेदन दिएका छन् । Johns Hopkins School of Advanced International Studies का अनुसार, सन् २००० देखि २०१७ सम्म चिनियाँ सरकार, बैंक र ठेकेदारहरूले अफ्रिकामा १४३ अर्ब डलर ऋण प्रदान गरेका थिए ।

चीनले हालै G20 को सहमतिमा हस्ताक्षर गर्दै कम आय भएका राष्ट्रहरूको द्विपक्षीय ऋण भुक्तानी वर्षको अन्त्यसम्म स्थगित गर्न सहमति जनाएको छ । सरकारका एक सल्लाहकारका अनुसार, चीनको प्राथमिक विकल्प ब्याज स्थगन हुनेछ, र बजारको नियमअनुसार ऋण भुक्तानी समय तालिका फेरबदल गर्न पनि सम्भव हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register