बुधबार २५.३१ अंकले बढ्यो नेप्से परिसूचक, बजार २७०१.४८ बिन्दुमा

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक २५.३१ अंकले बढेर २७०१.४८ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३१८ कम्पनीको १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार […]

Apr 2, 2025 - 10:37
 0
बुधबार २५.३१ अंकले बढ्यो नेप्से परिसूचक, बजार २७०१.४८ बिन्दुमा

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक २५.३१ अंकले बढेर २७०१.४८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१८ कम्पनीको १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सिईडिबि होल्डिङ्ग्स लिमिटेडको भएको छ । यस कम्पनीको ३६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबारको बजारमा विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

यता, बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register