असार ९ गते जारी हुँदै दरमखोला हाइड्रोपावरको आईपीओ

काठमाडौँ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा असार ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गर्ने भएको हो । कम्पनीले १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५ सय कित्ता सेयर प्रभावित क्षेत्रका स्थानीयका […]

Jun 15, 2025 - 06:41
 0
असार ९ गते जारी हुँदै दरमखोला हाइड्रोपावरको आईपीओ

काठमाडौँ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा असार ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गर्ने भएको हो । कम्पनीले १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५ सय कित्ता सेयर प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्न लागेको छ । उक्त सेयरमा गुल्मीको मुसीकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका र बडीगाड गाउँपालिकाका स्थानीयहरुले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरुका लागि २९ करोड १९ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख १९ हजार ५ सय कित्ता सेयर निष्कासन गर्न लागेको छ । उक्त सेयरमा वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् ।

योसँगै कम्पनीले ५८ हजार ३ सय ९० कित्ता सेयर आफ्ना कर्मचारी र १ लाख ४५ हजार ९ सय ७५ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ । अंकित मूल्य प्रतिसेयर १०० रुपैयाँ तोकिएको उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ । पहिलो चरणको आईपीओमा प्रभावित क्षेत्रका स्थानीयले छिटोमा असार २३ गते र ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार २३ गतेभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

आईपीओ निष्काशनको लागि कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालबाट आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले निर्माण गरिरहेको ९.६ मेगावाटको दरम खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट अनुमानित लागत २५ करोड रुपैयाँ रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register