एअरबेस र मिसाइल कारखाना रहेको इरानी शहरमा इजरायलको आक्रमण

काठमाडौं । इजरायलले इरानको प्रमुख शहर इस्फहानमा हवाई आक्रमण गरेको छ । मध्य इरानमा अवस्थित इस्फहान रूपान्तरण प्लान्ट देशको आणविक पूर्वाधारको एक महत्त्वपूर्ण भाग हो । यसबाहेक इरानका अन्य शहरहरूमा अवस्थित युरेनियम खानी र अन्य प्लान्टहरू पनि यस संरचनाको हिस्सा हुन् । बीबीसीकाअनुसार इस्फहानमा इरानका धेरै प्रमुख सैन्य पूर्वाधार पनि छन्, जसमा एउटा ठूलो एअरबेस […]

Jun 15, 2025 - 07:02
 0
एअरबेस र मिसाइल कारखाना रहेको इरानी शहरमा इजरायलको आक्रमण

काठमाडौं । इजरायलले इरानको प्रमुख शहर इस्फहानमा हवाई आक्रमण गरेको छ ।

मध्य इरानमा अवस्थित इस्फहान रूपान्तरण प्लान्ट देशको आणविक पूर्वाधारको एक महत्त्वपूर्ण भाग हो । यसबाहेक इरानका अन्य शहरहरूमा अवस्थित युरेनियम खानी र अन्य प्लान्टहरू पनि यस संरचनाको हिस्सा हुन् ।

बीबीसीकाअनुसार इस्फहानमा इरानका धेरै प्रमुख सैन्य पूर्वाधार पनि छन्, जसमा एउटा ठूलो एअरबेस र एउटा मिसाइल कारखाना पनि समावेश छ ।

अप्रिल २०२४ मा पनि इजरायलले यस क्षेत्रमा रहेको एउटा हवाई क्षेत्रमा आक्रमण गरी त्यहाँ रहेको हवाई रक्षा प्रणालीलाई क्षति पुर्‍याएको थियो ।

इरानले इस्फहानमा रहेका यी सबै सुविधा शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको बताएको छ । तर, इजरायल र धेरै पश्चिमी देशहरूले इरानले गोप्य रूपमा आणविक हतियार बनाउन प्रयोग गरिरहेको शंका गर्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register