यू–१९ विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौं । आईसीसी यू–१९ क्रिकेट विश्वकप छनोटमा नेपालको विजयी सुरुवात गरेको छ । घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ५ रनले हराएको हो । खेल खराब प्रकाशका कारण ४० ओभरमा छोट्टिएको थियो । नेपाल डकवर्थ–लुइसको आधारमा जित हासिल गर्न सफल रह्यो । मूलपानी मैदानमा आइतबार जितको लागि २०१ रनको विजय लक्ष्य पछ्याएको यूएई ३६ […]

Apr 13, 2025 - 15:25
 0
यू–१९ विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौं । आईसीसी यू–१९ क्रिकेट विश्वकप छनोटमा नेपालको विजयी सुरुवात गरेको छ । घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ५ रनले हराएको हो ।

खेल खराब प्रकाशका कारण ४० ओभरमा छोट्टिएको थियो । नेपाल डकवर्थ–लुइसको आधारमा जित हासिल गर्न सफल रह्यो ।

मूलपानी मैदानमा आइतबार जितको लागि २०१ रनको विजय लक्ष्य पछ्याएको यूएई ३६ ओभरमा ७ विकेट गुमाउँदै १७१ रनमा समेटियो ।

यो हारले यूएईका यायिनकिरण रायको शतक छायाँमा परेको छ । किनकि खराब प्रकाशका कारण बाँकी ४ ओभरको खेल खराबसम्भव हुन सकेन । यो बेला शतक बनाएका यायिन क्रिजमै थिए । तर अम्पायरको निर्णयसँगै यूएईले ५ रनको हार बेहोर्यो ।

सन्तोष यादवले खेल रोकिनुअघि गरेको ओभर नेपालको जितमा निर्णायक रह्यो । उनले आफ्नो अन्तिम र टोलीको ३६औं ओभरमा विकेट लिएपछि नेपाल डीएलएस पद्दतिमा अघि बढेको थियो । सन्तोषले ८ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । यस्तै अशोक धामीले समान २ तथा नरेन भट्ट र अभिषेक तिवारीले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा घटाइएको खेलमा ९ विकेट गुमाएर २०० रन बनायो । नेपालका कप्तान नरेन भट्टले अर्धशतक प्रहार गरे । उनले ७५ बल खेल्दै ७ चौकासहित ६७ रनको पारी खेले ।

यस्तै दिलशाद अलीले ३४, नीरजकुमार यादवले १८, साहिल पटेलले ३२, सन्तोष यादवले ११, अशोक धामीले अविजित १० र रोशन विश्वकर्माले ४ रन बनाए ।
बलिङमा यूएईका उदिश सुरीले ८ ओभरमा १ मेडनसहित सर्वाधिक ३ विकेट लिए ।

नेपालले सोमबार ओमानसँग र अफगानिस्तानले हङकङसँग खेल्नेछन् । दिनको अर्को खेलमा अफगानिस्तानले माथिल्लो मूलपानी मैदानमा ओमानलाई ८ विकेटले सहजै हरायो ।

यसअघि यूएईमा भएको छनोटमा नेपालले घरेलु टोलीमाथि रोमाञ्चक जित दर्ता गर्दै विश्वकपमा स्थान बनाएको थियो । उक्त खेलमा दिपेश कँडेलले निर्णायक ह्याट्रिक लिएका थिए ।

यसपटकको छनोटमा अफगानिस्तानको उपस्थिति नेपालका लागि थप चुनौती बनेको छ । छनोटको तयारीका क्रममा नेपालले अफगानिस्तानसँग ३ खेलको शृङ्खला खेलेको थियो, जसमा नेपालले १ खेल जित्दा २ खेल गुमाएको थियो।

नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोट प्रतियोगिताबाट शीर्ष स्थानमा रहने टोलीले यू–१९ विश्वकपमा स्थान सुरक्षित गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register