चन्द्र ढकालको आग्रह : लगानी दशक घोषणा गरौं

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI) का अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानी प्रवाहलाई तीव्र बनाउन “लगानी दशक” घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् । कोशी प्रदेश सरकारले पहिलोपटक विराटनगरमा आयोजना गरेको “प्रदेश लगानी सम्मेलन–२०८२” को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले लगानीमैत्री वातावरण निर्माणका लागि ठोस नीति र कानुनी सुधार आवश्यक रहेको धारणा राखे । […]

May 1, 2025 - 14:04
 0
चन्द्र ढकालको आग्रह : लगानी दशक घोषणा गरौं

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI) का अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानी प्रवाहलाई तीव्र बनाउन “लगानी दशक” घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् ।

कोशी प्रदेश सरकारले पहिलोपटक विराटनगरमा आयोजना गरेको “प्रदेश लगानी सम्मेलन–२०८२” को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले लगानीमैत्री वातावरण निर्माणका लागि ठोस नीति र कानुनी सुधार आवश्यक रहेको धारणा राखे ।

ढकालले भने, “लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व अबको आवश्यकता हो । राजनीतिक अस्थिरताका बीच पनि नीतिगत स्थायित्व हुँदा धेरै देशले विकास गरेका प्रशस्तै उदाहरण छन् ।” उनले सबै राजनीतिक दललाई आगामी १० वर्षसम्म नीतिगत परिवर्तन नगर्ने सहमति गर्न आह्वान गरे ।

उनले लगानी आकर्षणका लागि वन, वातावरण, भूमिलगायतका क्षेत्रसँग सम्बन्धित कानुनहरूलाई एकीकृत गरी “एकीकृत लगानी संहिता” निर्माण गर्नुपर्नेमा जोड दिए । त्यस्तै, विभिन्न सरकारी निकायबाट फरक व्याख्या हुने अवस्थाको अन्त्य गर्न पनि आग्रह गरे ।

डिजिटल प्रविधिमार्फत लगानी प्रक्रिया सहज बनाउनु पर्ने धारणा राख्दै ढकालले व्यवसाय दर्ता नागरिक एपमार्फत गर्न सकिने व्यवस्था, कर तिरेपछि स्वतः नवीकरण, र विदेशी लगानीकर्ताका लागि सम्पूर्ण प्रक्रिया अनलाइनमै सकिने प्रणाली लागू गर्नुपर्ने बताए । “अब लगानीकर्ताले फाइल लिएर कार्यालय घुम्ने अवस्था अन्त्य हुनुपर्छ,” उनले जोड दिए ।

उनले लगानी बोर्ड, उद्योग विभागलगायत सम्बन्धित निकायलाई एकीकृत गरी अधिकार सम्पन्न “लगानी सहजीकरण निकाय” गठन गर्न पनि सरकारलाई आग्रह गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register