सरकारले भौतिक पूर्वाधारको वर्गीकरण गर्ने, त्रुटीपूर्ण परियोजना खारेज हुने

सरकारले भौतिक पूर्वाधार क्षेत्रको पुन: प्राथामिकिकरण गर्ने भएको छ । भौतिक पूर्वाधारका नाममा बजेट छरिएको भन्दै त्यसलाई रोक्न र प्राथामिकता अनुसार बजेट वितरणका लागि सरकारले भौतिक पूर्वाधारको वर्गीकरण गर्दै प्राथामिकता निर्धारण गर्ने भएको हो । भौतिक पूर्वाधारहरूको वर्गीकरण गर्दै संसदको अवधिभित्र  निर्माण सम्पन्न हुनेगरी समय  निर्धारण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, सरकारले […]

May 2, 2025 - 10:49
 0
सरकारले भौतिक पूर्वाधारको वर्गीकरण गर्ने, त्रुटीपूर्ण परियोजना खारेज हुने

सरकारले भौतिक पूर्वाधार क्षेत्रको पुन: प्राथामिकिकरण गर्ने भएको छ । भौतिक पूर्वाधारका नाममा बजेट छरिएको भन्दै त्यसलाई रोक्न र प्राथामिकता अनुसार बजेट वितरणका लागि सरकारले भौतिक पूर्वाधारको वर्गीकरण गर्दै प्राथामिकता निर्धारण गर्ने भएको हो ।

भौतिक पूर्वाधारहरूको वर्गीकरण गर्दै संसदको अवधिभित्र  निर्माण सम्पन्न हुनेगरी समय  निर्धारण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, सरकारले निर्माणाधिन परियोजनालाई आवश्यक बजेट सुनिश्चित गर्ने भएको छ । यस्तै संसदको बाँकी अवधिभित्र निर्माण हुननसक्ने परियोजनाहरूलाई स्थगित गर्ने भएको छ ।

यस्तै त्रुटीपूर्ण परियोजनाहरूलाई खारेज गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register