सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने सरकारको घोषणा 

काठमाडौँ । सरकारले सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।  उनले सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा कोष खडा गरिने घोषणा गरेका छन् । सोही कोषमार्फत साना बचतकर्तालाई बचत फिर्ता गर्ने सरकारको नीति […]

May 2, 2025 - 11:16
 0
सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने सरकारको घोषणा 

काठमाडौँ । सरकारले सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । 

उनले सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा कोष खडा गरिने घोषणा गरेका छन् । सोही कोषमार्फत साना बचतकर्तालाई बचत फिर्ता गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । 

त्यस्तै, राष्ट्रपति पौडेलले सहकारी ऋण असुली न्यायाधीकरण स्थापन गर्ने पनि घोषणा गरेका छन् । अर्कोतर्फ सहकारी तथ्यांक प्रणालीलाई व्यवस्थापनलाई विद्युतीय सूचना प्रणाली स्थापन गर्ने पनि सरकारले घोषणा गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register