रिस नियन्त्रण नगरे हुनसक्छ हृदयाघातको जोखिम

काठमाडौं । रिस एउटा सामान्य मानवीय भावना हो, तर जब यो बानी बन्छ, तब शरीर र दिमाग दुवैलाई हानि पुर्‍याउन सक्छ । हालै गरिएका अनुसन्धान र स्वास्थ्य विशेषज्ञको चेतावनीअनुसार बारम्बार र अत्यधिक रिस उठ्नाले मुटुमा प्रत्यक्ष असर पर्छ । यसले रक्तचाप बढाउने मात्र होइन, तनाव हर्मोनको स्तर पनि अचानक माथि पुर्‍याउँछ, जसले गर्दा हृदयाघातको जोखिम […]

May 3, 2025 - 13:04
 0
रिस नियन्त्रण नगरे हुनसक्छ हृदयाघातको जोखिम

काठमाडौं । रिस एउटा सामान्य मानवीय भावना हो, तर जब यो बानी बन्छ, तब शरीर र दिमाग दुवैलाई हानि पुर्‍याउन सक्छ ।

हालै गरिएका अनुसन्धान र स्वास्थ्य विशेषज्ञको चेतावनीअनुसार बारम्बार र अत्यधिक रिस उठ्नाले मुटुमा प्रत्यक्ष असर पर्छ । यसले रक्तचाप बढाउने मात्र होइन, तनाव हर्मोनको स्तर पनि अचानक माथि पुर्‍याउँछ, जसले गर्दा हृदयाघातको जोखिम धेरै गुणा बढ्छ ।

प्रायः देखिन्छ कि मानिसहरू सानातिना कुरामा झर्किन्छन्, रिसमा चिच्याउँछन्, कराउँछन्, तर यो व्यवहार मुटुको लागि कति खतरनाक हुन सक्छ भन्ने उनीहरूलाई थाहा हुँदैन ।

रिसले शरीरमा कोर्टिसोल र एड्रेनालिन जस्ता हर्मोनहरू बढाउँछ, जुन लामो समयसम्म उच्च रक्तचाप र मुटुसम्बन्धी समस्याहरूको कारण बन्न सक्छन् । यसैले विशेषज्ञहरूले रिसलाई नियन्त्रणमा राख्नु सम्बन्धहरूको लागि मात्र होइन, मुटुको स्वास्थ्यको लागि पनि आवश्यक छ भन्ने गर्छन् ।

यदि तपाईं शान्त रहन सिक्नुहुन्छ भने न तपाईंको मूड राम्रो रहनुका साथै हृदयाघात जस्तो गम्भीर रोगबाट पनि आफूलाई सुरक्षित राख्न सक्नुहुनेछ ।

रिसले मुटुको धड्कन बढ्छ

जब हामी रिसाउँछौँ शरीरले ‘लड्ने वा भाग्ने’ प्रतिक्रिया दिन्छ । यस अवस्थामा एड्रेनालिन र कोर्टिसोल जस्ता तनाव हर्मोनहरू तीव्र रूपमा निष्कासित हुन्छन् । यी हर्मोनहरूले हृदयगति बढाउँछन्, रक्तचाप उच्च बनाउँछन्, र रगतका नलीहरू खुम्चिन्छन् ।

यो प्रक्रिया यदि बारम्बार भयो भने, मुटुमा लगातार दबाब पर्छ, जसले मुटुको मांसपेशीहरू कमजोर बनाउँछ र हृदयाघात वा स्ट्रोकको जोखिम बढाउँछ ।

तनाव र रिसको सम्बन्ध

रिस र तनाव एकअर्कासँग गहिरो रूपमा सम्बन्धित छन् । तनावमा हुँदा सानातिना कुरामा पनि चित्त नबुझ्नु, झर्किनु वा रिसाउनु सामान्य हुन्छ । यस्तो भावनात्मक अवस्था शरीरले झन् धेरै तनाव हर्मोन पैदा गर्छ, जसले मुटुको कार्यक्षमता घटाउँछ र रक्तसञ्चार प्रणालीमा असर पार्छ ।

बारम्बार रिसाउनु खतरनाक

हरेक पटक जब तपाईं रिसाउनुहुन्छ, तब यसले तपाईंको शरीरमा एक झट्का दिन्छ – शारीरिक र मानसिक दुवै स्तरमा । यस अवस्थामा मुटुले तीव्र गतिमा काम गर्नुपर्छ, जसले थकान र मांसपेशीको कमजोरी ल्याउँछ ।

निरन्तर यस्तो हुँदा मुटुको धमनीहरूमा सुन्निने समस्या आउन सक्छ, जसले हृदयाघात वा स्ट्रोकको सम्भावना बढाउँछ । त्यसैले रिसको बानीलाई समयमै बदल्नु आवश्यक छ ।

रिस बढिरहेको कसरी चिन्ने ?

यदि तपाईंलाई सानातिना कुरामा चिडचिडेपन लाग्छ, मानिसहरूसँग झगडा हुन्छ वा हरेक पटक रिसाएपछि थकान महसुस हुन्छ – यो सङ्केत हो कि तपाईंको रिस हानिकारक भइसकेको छ ।

रिसाएपछि टाउको दुख्नु, तेज धड्कन वा डर लाग्नु पनि यसका सङ्केतहरू हुन सक्छन् । समयमै यी सङ्केतहरू बुझ्नु र नियन्त्रण गर्नु अत्यन्त आवश्यक छ ।

रिस कम गर्ने उपाय 

ध्यान र गहिरो श्वासप्रश्वास – नियमित ध्यान र प्राणायामले मानसिक शान्ति दिन्छ र तनाव कम गर्छ ।

शारीरिक व्यायाम – हप्तामा कम्तीमा ५ दिन ३० मिनेटको हल्का व्यायामले मूड सुधार गर्छ ।

स्वस्थ आहार र पर्याप्त निद्रा – सन्तुलित खानपान र कम्तीमा ७–८ घण्टा निद्रा आवश्यक हुन्छ ।

भावनात्मक अभिव्यक्ति – रिस र पीडा व्यक्त गर्नु पनि आवश्यक हुन्छ; यसका लागि आफ्नो मनमा लागेका कुराहरू डायरी लेख्न सकिन्छ ।

काउन्सेलिङ – यदि रिस नियन्त्रण गर्न कठिन भइरहेको छ भने मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श गर्नु उपयुक्त हुन्छ । रिस मानवीय स्वाभाविक प्रतिक्रिया हो, तर यदि यसलाई समयमै नियन्त्रण नगरेमा यसले हाम्रो हृदय स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register