प्रिन्टिङ मेसिन खरिदमा विकल पौडेलसहित तीन दोषी, चार जनाले पाए सफाइ

काठमाडौं । प्रिन्टिङ प्रेस खरिदमा अनियमितता गरेको भन्दै विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र कम्पनीका सिईओ अकबर हुसेनलाई दोषी ठहर गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको अध्यक्षतामा तेज नारायण सिंह राई र राम बहादुर थापाको इजलासले बुधवार पौडेललाई २ वर्ष (१ वर्ष ६ महिना र पदीय हैसियतका […]

May 4, 2025 - 14:07
 0
प्रिन्टिङ मेसिन खरिदमा विकल पौडेलसहित तीन दोषी, चार जनाले पाए सफाइ

काठमाडौं । प्रिन्टिङ प्रेस खरिदमा अनियमितता गरेको भन्दै विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र कम्पनीका सिईओ अकबर हुसेनलाई दोषी ठहर गरेको छ ।

न्यायाधीश टेकनारायण कुँवरको अध्यक्षतामा तेज नारायण सिंह राई र राम बहादुर थापाको इजलासले बुधवार पौडेललाई २ वर्ष (१ वर्ष ६ महिना र पदीय हैसियतका कारण थप ६ महिना) कैद तोकेको छ । भने, म्याक्स इन्टरनेसनल प्रालिका सिईओ अकबर हुसेनलाई १ वर्ष ६ महिना कैद तोकेको छ ।

दोषी ठहर भएको म्याक्स इन्टरनेसनल प्रालि भने कानुनी व्यक्ति मात्र भएकाले अदालतले कैद तोकेन । तर, कम्पनीबाट बिगो असुल गर्न भने आदेश दिएको छ ।

अदालतले बदनियत पूर्वक खरिद प्रक्रियामा संलग्न भई नेपाल सरकारलाई रु. ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ हानि नोक्सानी पुर्‍याएको ठहर गरेको छ । त्यही अनुसार दोषी ठहर भएका तीनै पक्षलाई बिगो दामासाहीले तोकेको छ । अदालतको आदेश अनुसार अब पौडेल, हुसेन र म्याक्स इन्टरनेसनलले जनही रु. १३ करोड ५८ लाख ५२ हजार ५८० जरिवाना र सोही बराबरको बिगो तिर्नुपर्ने छ ।

त्यस्तै विशेषले पौडेल, हुसेन र म्याक्स इन्टरनेशनल प्रालिलाई जनही रु. ५४ लाख ३४ हजार १०३ रुपैयाँ क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश दिएको छ ।

भ्रष्टाचारमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विपक्षी बनाएकाहरू सफल श्रेष्ठ, नवीन कुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्क बहादुर थापालाई भने विशेष अदालतले सफाइ दिएको छ । कार्यकारी निर्देशक पौडेलको निर्देशअनुसार खरिद प्रक्रियामा सहभागी भएकाले उनीहरूको बदनियतपूर्ण संलग्नता नरहेको पाइएको फैसलामा भनिएको छ ।

पौडेल यसअघि पनि सुरक्षण मुद्रण केन्द्रसँग सम्बन्धित अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर भई हाल कारागारमा रहेका छन्। विशेष अदालतले २०८१ जेठ ८ गते उनलाई २५ करोड ४७ लाख बिगो असुल र त्यति नै रकम जरिवाना तथा २ वर्ष कैद सजायको फैसला गरेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register