चितुवाको छालासहित धनगढीबाट एकजना पक्राउ

काठमाडौं । धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित एक गेष्टहाउसबाट चितुवाको छालासहित एकजनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका–३ मेल्टाका नरेश साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए । उनका अनुसार धनगढीको बसपार्कस्थित मिलनसार गेष्टहाउसमा बसिरहेको अवस्थामा साउदबाट झोलाभित्र लुकाइछिपाइ राखेको आठ फिट दुई इञ्च लम्बाइ र दुई […]

Feb 12, 2025 - 00:30
 0
चितुवाको छालासहित धनगढीबाट एकजना पक्राउ

काठमाडौं । धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित एक गेष्टहाउसबाट चितुवाको छालासहित एकजनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका–३ मेल्टाका नरेश साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।

उनका अनुसार धनगढीको बसपार्कस्थित मिलनसार गेष्टहाउसमा बसिरहेको अवस्थामा साउदबाट झोलाभित्र लुकाइछिपाइ राखेको आठ फिट दुई इञ्च लम्बाइ र दुई फिट

दुई इञ्च चौडाइ भएको चितुवाको छाला बरामद गरिएको हो । साउदलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय धनगढी पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register