एकीकृत समाजवादीले बुझायो कोशीका मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र

विराटनगर । नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश कमिटीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई जनजीविकाको सवालमा ज्ञापनपत्र बुझाएको छ । प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले प्रदेशले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने विभित्र विषय समेटेर मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएकी हुन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेशले तत्काल सक्ने जति माग पूरा गर्ने र अरु माग बिस्तारै पूरा […]

May 5, 2025 - 01:22
 0
एकीकृत समाजवादीले बुझायो कोशीका मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र

विराटनगर । नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश कमिटीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई जनजीविकाको सवालमा ज्ञापनपत्र बुझाएको छ ।

प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले प्रदेशले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने विभित्र विषय समेटेर मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएकी हुन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेशले तत्काल सक्ने जति माग पूरा गर्ने र अरु माग बिस्तारै पूरा गर्ने बताए ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यक्रमअन्तर्गत शनिबार मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाइएको हो । कार्यक्रममा पूर्वमुख्यमन्त्री एवं एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई पनि सहभागी थिए । उनले अहिले सरकारको नीति कार्यक्रम र बजेट बनाउने बेला भएकाले आफ्नो पार्टीले राखेको माग सम्बोधन गर्न सजिलो हुने उल्लेख गर्दै त्यसतर्फ ध्यानाकर्षण गराए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register