एमबाप्पेका दुई गोलले रियलको रोमाञ्चक जित, घट्यो बार्सिलोनासँग अङ्क दूरी

काठमाडौं । किलियन एमबाप्पेले दुई गोल गरेपछि साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई ३–२ ले पराजित गरेको छ । यस जितले रियलले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी चार अङ्कमा झारेको छ । यससँगै अब ‘एल क्लासिको’को भेट निर्णायक बन्ने निश्चित भएको छ । सान्टियागो बर्नाबेऊमा साेमबार बिहान सकिएकाे खेलमा घरेलु टोलीले पहिलो हाफमै […]

May 5, 2025 - 06:10
 0
एमबाप्पेका दुई गोलले रियलको रोमाञ्चक जित, घट्यो बार्सिलोनासँग अङ्क दूरी

काठमाडौं । किलियन एमबाप्पेले दुई गोल गरेपछि साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई ३–२ ले पराजित गरेको छ । यस जितले रियलले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी चार अङ्कमा झारेको छ । यससँगै अब ‘एल क्लासिको’को भेट निर्णायक बन्ने निश्चित भएको छ ।

सान्टियागो बर्नाबेऊमा साेमबार बिहान सकिएकाे खेलमा घरेलु टोलीले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो । खेलको ३३औं मिनेटमा सर्ट कर्नरपछि प्राप्त बललाई युवा मिडफिल्डर अरडा गुलरले डिफ्लेक्सनमा गोल पोस्टको कुनामा पठाउँदै खाता खोले । त्यसको ६ मिनेटपछि, काउन्टर अट्याकको उत्कृष्ट समापनमा एमबाप्पेले गोलरक्षक गुआइतालाई छलाउँदै दोस्रो गोल थपे ।

दोस्रो हाफको सुरुवातमै एमबाप्पेले गुलरको थ्रू पासमा दौडिएर बाँया खुट्टाबाट पोस्टको दिशा दिएर आफ्नो व्यक्तिगत दोहोरो गोल पूरा गरे ।

तर पाहुना टोली सेल्टा भिगो पछाडि हटेन । खेल सकिन २० मिनेट बाँकी रहँदा जाभी रोड्रिग्वेजले गोल गर्दै अन्तर घटाए । ७६औं मिनेटमा स्वेडबर्गको गोलले खेल ३–२ को स्थितिमा आयो । त्यसपछि पनि सेल्टाले बराबरीको प्रयास जारी राख्यो । तर गोलरक्षक थिवाउट कोट्र्वासले अन्तिम क्षणमा उत्कृष्ट बचाउ गर्दै रियलको अग्रता जोगाए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register