सोमबार बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ सय रुपैयाँले बढेर एक लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको […]

May 5, 2025 - 06:10
 0
सोमबार बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ सय रुपैयाँले बढेर एक लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रही प्रतितोला १९१० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ५८ हजार २ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६३७.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register