महाराष्ट्र रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

काठमाडौं । भारतको महाराष्ट्रस्थित जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । यसअघि १२ जनाको मृत्यु भएकोमा बिहीबार एकजना मृतकको सङ्ख्या थपिएको आजतकको समाचारमा उल्लेख छ । दुर्घटनामा परी चार नेपालीको मृत्यु भएको महाराष्ट्रका सञ्चारमाध्यमले जनाएका छन् । तर हालसम्म तीनजना नेपालीको मात्र मृत्यु भएको आधिकारिक पुष्टि गरिएको छ । […]

Jan 23, 2025 - 04:01
 0
महाराष्ट्र रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

काठमाडौं । भारतको महाराष्ट्रस्थित जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

यसअघि १२ जनाको मृत्यु भएकोमा बिहीबार एकजना मृतकको सङ्ख्या थपिएको आजतकको समाचारमा उल्लेख छ ।

दुर्घटनामा परी चार नेपालीको मृत्यु भएको महाराष्ट्रका सञ्चारमाध्यमले जनाएका छन् । तर हालसम्म तीनजना नेपालीको मात्र मृत्यु भएको आधिकारिक पुष्टि गरिएको छ ।

ज्यान गुमाउने नेपालीमा १० वर्षीय नन्दराम विश्वकर्मा, २० वर्षीय लच्छीराम पासी र ४३ वर्षीया कमला भण्डारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यस्तै दुर्घटनामा परी कम्तीमा ३९ जना घाइते भएको बतायएको छ ।

लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसको रेल महाराष्ट्रको जलगाउँस्थित रेलवे ट्र्याकमा उभिएको थियो । एक यात्रुले आगो लागेको हुनसक्ने डरले चेन तानेका थिए । यसपछि रेल रोकियो । यसपछि ट्र्याकको अर्को छेउमा यात्रुहरू हाम फालेका थिए ।

त्यही क्रममा कर्नाटक एक्सप्रेस नाम अर्को रेल पुष्पकमा ठोक्कियो । यसले गर्दा दुर्घटना भएर मानवीय क्षति भएको हो ।

कर्नाटक एक्सप्रेस भने मनमाडबाट भुसावल जाँदै गरेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register