विदेशी चलचित्रमा १०० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबदेखि विदेशी चलचित्रहरूमा पनि कर लगाउने घोषणा गरेका छन् । उनले विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने घोषणा गरेका हुन् । ‘अमेरिकाको चलचित्र उद्योग धेरै छिटो मर्दैछ । अन्य देशले हाम्रा चलचित्र निर्माता र स्टुडियोहरूलाई अमेरिकाबाट टाढा लैजान हरेक सम्भावित प्रोत्साहन दिइरहेका छन्,’ ट्रम्पले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो […]

May 5, 2025 - 07:28
 0
विदेशी चलचित्रमा १०० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबदेखि विदेशी चलचित्रहरूमा पनि कर लगाउने घोषणा गरेका छन् । उनले विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने घोषणा गरेका हुन् ।

‘अमेरिकाको चलचित्र उद्योग धेरै छिटो मर्दैछ । अन्य देशले हाम्रा चलचित्र निर्माता र स्टुडियोहरूलाई अमेरिकाबाट टाढा लैजान हरेक सम्भावित प्रोत्साहन दिइरहेका छन्,’ ट्रम्पले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो अन्य देशले गरेको संगठित प्रयास हो । र, त्यसैले यो राष्ट्रिय सुरक्षाका लागि खतरा हो ।’

ट्रम्पले विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने प्रक्रिया सुरु गर्न वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई अधिकार दिइरहेकोसमेत जानकारी दिएका छन् । ‘हामी फेरि अमेरिकामा चलचित्रहरू बनेको देख्न चाहन्छौं,’ उनले लेखेका छन् ।

यही वर्षको जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु भएदेखि नै ट्रम्पले विश्वभरका देशहरूमा कर लगाएका छन् ।

करले अमेरिकी उत्पादकहरूलाई प्रोत्साहन दिनेछ र रोजगारी सुरक्षित गर्ने उनको दाबी छ ।

तर उनको निर्णयले विश्व अर्थतन्त्रमा उथलपुथल निम्त्याएको भन्दै विरोधसमेत भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register