सिटिजन लाइफ वीमेन्स फोरमको नारी दिवस सम्बन्धी कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो । यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरूलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरू माथि छलफल गर्ने र समस्याहरू देखिएमा समाधान प्रदान गर्न आवश्यक भूमिका खेल्ने उद्देश्यले यो फोरम गठन गरिएको हो । […]

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो ।
यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरूलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरू माथि छलफल गर्ने र समस्याहरू देखिएमा समाधान प्रदान गर्न आवश्यक भूमिका खेल्ने उद्देश्यले यो फोरम गठन गरिएको हो ।
यस फोरमले आज फागुन २३ गते कम्पनीको प्रधान कार्यालय थापाथलीमा हरेक वर्ष मार्च ८ गतेका दिन मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी ‘रचनात्मक साहित्यिक प्रतियोगिता’ तथा दीपा दाहाल (उपकार्यकारी निर्देशक-नेपाल धितोपत्र बोर्ड)को सत्र राखी कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको अतिथि वक्ता दीपा दाहालले वित्तीय उद्योगमा महिलाहरूको भूमिकाको बारेमा आफ्नो अनुभव साझा गर्दै उनीहरूको योगदान, चुनौतीहरू र अगाडिको बाटोमा प्रकाश पारिन् ।
उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाइनमार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीहरूलाई केही तथ्याङ्कहरूमा प्रकाश पारी महिला सशक्तीकरणको लागि महिला आफैले नै पहल गर्नुपर्ने र पुरुषले पनि साथ दिनुपर्ने कुरामा जोड दिई महिला सशक्तीकरणको लागि प्रोत्साहन समेत गरिन् ।
सिटिजन वीमेन्स फोरमले नारी दिवसको अवसरमा कम्पनीका सम्पूर्ण कर्मचारीहरूबीच रचनात्मक साहित्यिक प्रतियोगिता पनि आयोजना गरेको थियो ।
सो प्रतियोगितामा प्रतिस्पर्धा जनाएका सम्पूर्ण कर्मचारीहरू मध्येबाट उत्कृष्ट ५ जनालाई कार्यक्रममा आफ्नो रचना प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो । प्रस्तुति पश्चात् चुनिएका पहिलो, दोस्रो र तेस्रो कर्मचारीहरूलाई कम्पनीको व्यवस्थापन टिमले पुरस्कृत गरेका छन् ।
What's Your Reaction?






