बिचाैलियाकाे संरक्षणकाे लागि काङ्ग्रेस-एमाले सरकार : उपाध्यक्ष पुन

हेटौँडा ।  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन पासाङले वर्तमान काङ्ग्रेस-एमाले सरकार बिचौलियाहरुको संरक्षण गर्नकै लागि गठन भएको टिप्पणी गरेका छन्। सोमबार हेटौँडामा योङ कम्युनिष्ट लिग (वाइसियल) नेपाल मकवानपुरको पाँचौं सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष पुनले संख्याको हिसाबले दुई तिहाइको भए पनि यो सरकारले देशमा सुशासन कायम गर्न नसकेको दाबी गरे। उनले […]

May 5, 2025 - 15:01
 0
बिचाैलियाकाे संरक्षणकाे लागि काङ्ग्रेस-एमाले सरकार : उपाध्यक्ष पुन

हेटौँडा ।  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन पासाङले वर्तमान काङ्ग्रेस-एमाले सरकार बिचौलियाहरुको संरक्षण गर्नकै लागि गठन भएको टिप्पणी गरेका छन्।

सोमबार हेटौँडामा योङ कम्युनिष्ट लिग (वाइसियल) नेपाल मकवानपुरको पाँचौं सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष पुनले संख्याको हिसाबले दुई तिहाइको भए पनि यो सरकारले देशमा सुशासन कायम गर्न नसकेको दाबी गरे। उनले सरकारका गतिविधिहरुकै कारण दलाल पुँजीपतिहरुको मनोबल बढेको आरोप लगाए। नेता पुनले सरकार भ्रष्टचारीहरुलाई कारबाही गर्नुको साटो उनीहरुको संरक्षणमा लागेको जिकिर गरे, जसले गर्दा देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको उनको भनाइ थियो।

सक्रिय राजनीतिमा फर्किएपछिको यो आफ्नो पहिलो सार्वजनिक कार्यक्रम भएको बताउँदै पुनले संविधानलाई टेकेर समृद्ध नेपाल निर्माणका लागि एउटा ठूलो आन्दोलनको आवश्यकता रहेको औँल्याए। उनले वाइसियललाई विश्व सर्वहारा वर्गको अग्रदस्ता र भविष्य निर्माणको महत्वपूर्ण साधनको रुपमा व्याख्या गरे।

पुनले भने, ‘अबको बहसको विषय वैज्ञानिक समाजवादमा पुग्नका लागि समाजमा सबैभन्दा उत्प्रेरित शोषित वर्ग, जसलाई हामी नेपालको सन्दर्भमा सर्वहारा वर्ग भन्छौँ, त्यही वर्गलाई मुक्त गर्नका लागि सबै भाषा, संस्कार, संस्कृतिको विभेदरहित समाज र समृद्ध नेपाल निर्माण गर्न हामीले चाहेका छौँ।’ समाजवादमा पुग्न बन्दुक उठाउन नपर्ने जिकिर गर्दै उनले सबैको हित र समृद्धिका लागि वैज्ञानिक समाजवाद रोजेको बताए।

वाइसियल मकवानपुरका अध्यक्ष लवराज ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा वाइसियल केन्द्रीय अध्यक्ष सुबोध शेर्पाली, माओवादी मकवानपुर जिल्ला इन्चार्ज विजय गौतम, केन्द्रीय सदस्यहरु कुमारी मोक्तान, प्रल्हाद लामिछानेलगायत माओवादीका जिल्ला तथा प्रदेशका नेताहरुले आफ्ना विचार व्यक्त गरेका थिए। अध्यक्ष ठकुरीले सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने जानकारी दिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register