रक्सीले मातेर बैंकको एटिएम फोड्ने प्रयास, भाग्न खोज्दा प्रहरीले समात्यो 

काठमाडौँ । काठमाडौँमा कुमारी बैंकको एटिएम फोड्ने प्रयास भएको छ । सोमबार राती करिब १२ बजेको समयमा काठमाडौँ महानगरपालिका-१६ बाइपास ओरालोमा रहेको बैंकको एटिएम फोड्ने प्रयास भएको हो ।  एटिएम मेसिन फोड्ने प्रयास भइरहेको सूचनाका आधारमा प्रहरीले एकजनालाई पक्राउसमेत गरेको छ ।  पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-१३ घर भई हाल काठमाडौँ महानगरपालिका-१६ माछापोखरी सडक पेटीमा […]

May 6, 2025 - 03:16
 0
रक्सीले मातेर बैंकको एटिएम फोड्ने प्रयास, भाग्न खोज्दा प्रहरीले समात्यो 

काठमाडौँ । काठमाडौँमा कुमारी बैंकको एटिएम फोड्ने प्रयास भएको छ । सोमबार राती करिब १२ बजेको समयमा काठमाडौँ महानगरपालिका-१६ बाइपास ओरालोमा रहेको बैंकको एटिएम फोड्ने प्रयास भएको हो । 

एटिएम मेसिन फोड्ने प्रयास भइरहेको सूचनाका आधारमा प्रहरीले एकजनालाई पक्राउसमेत गरेको छ । 

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-१३ घर भई हाल काठमाडौँ महानगरपालिका-१६ माछापोखरी सडक पेटीमा बस्ने २९ वर्षीय ज्ञानेन्द्र ठकुरी रहेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ठकुरीले बाटोमा रहेको सिमेन्टको ब्लकले एटिएममा तोडफोड गरेका थिए । एटिएम मेसिन तोडफोड गर्ने क्रममा उनले मापसे समेत गरेको प्रहरीले जनाएको छ । प्रहरी पुगेको थाहा पाएपछि उनी भाग्ने प्रयास गरेका थिए । तर, प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register