झापामा हात्तीबाट मकै जोगाउन नै मुश्किल

विष्णुप्रसाद पोखरेलदमक, २४ वैशाख । झापाको मेचीनगरका किसानहरूलाई हात्तीबाट मकै जोगाउन मुश्किल भएको छ । दिनहु आउने जङ्गली हात्तीले मकैबालीमा नष्ट गर्न थालेको हो । अहिले मकैको सिजन भएकाले भारतबाट हुलका हुल हात्ती नेपाल प्रवेश गर्ने गरेका छन् । मेचीनगर ४ बाहुण्डागीका उज्वल अधिकारीको ५ कट्ठा, गीता अधिकारीको ३ कठ्ठा, लिलामाया गौतमको ३ कट्ठा, ज्ञानबहादुर [...] The post झापामा हात्तीबाट मकै जोगाउन नै मुश्किल appeared first on Jhapa Online.

May 7, 2025 - 07:55
 0
झापामा हात्तीबाट मकै जोगाउन नै मुश्किल

विष्णुप्रसाद पोखरेल
दमक, २४ वैशाख ।
झापाको मेचीनगरका किसानहरूलाई हात्तीबाट मकै जोगाउन मुश्किल भएको छ । दिनहु आउने जङ्गली हात्तीले मकैबालीमा नष्ट गर्न थालेको हो । अहिले मकैको सिजन भएकाले भारतबाट हुलका हुल हात्ती नेपाल प्रवेश गर्ने गरेका छन् ।

मेचीनगर ४ बाहुण्डागीका उज्वल अधिकारीको ५ कट्ठा, गीता अधिकारीको ३ कठ्ठा, लिलामाया गौतमको ३ कट्ठा, ज्ञानबहादुर गुरुङको साढे ४ कट्ठा जमिनमा लगाएको मकै खेती पूर्णरूपमा नष्ट गरेको हो ।

हात्तीको विषयमा जानकार स्थानीय शङ्कर लुइटेलका अनुसार समूह बनाएर हात्तीहरू मकै खान आउने गरेका छन् । हात्तीका लागि मकै राम्रो र मनपर्ने आहार भएको उहाँले जनाउनु भएको छ ।

पछिल्लो समयमा बाहुण्डागीमा स्थानीयले हात्तीमैत्री व्यवहार गरिरहेका कारण खेतबारीमा विद्युतीय तार लगाउने गरेका छैनन् । यसले गर्दा मकै र अन्य खाद्यान्न बाली नष्ट गर्दै आएको छ ।

वडा नं। ४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार अन्नबालीमा हात्तीले वर्षे बर्सेनि क्षति पुर्‍याउने गरेकाले बाली बिमामा जोडिन सबैलाई आग्रह गरिएको छ । बिमा गरेका किसानहरूले बिमाबाट क्षतिको बिमा दाबी भुक्तानी पाउने उहाँले जनाउनुभयो ।

झापाका सबैजसो पालिकाहरूमा हात्ती आतङ्क रहेको छ । जिल्लालाई मकै जोनको रूपमा विकास गरिएकाले मकैको व्यवसायीक खेती हुने गरेकाले हात्तीहरू यो समय पल्किएर आउने गरेको बताइने गरेको छ ।

The post झापामा हात्तीबाट मकै जोगाउन नै मुश्किल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register