पुछारमा रहेको चेन्नईसँग हार्‍यो कोलकाता, कठिन बन्यो प्ले अफ सम्भावना

काठमाडौं । कोलकाता नाइट राइडर्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत अंक तालिकाको पुछारमा रहेको चेन्नई सुपर किंग्ससँग पराजित भएको छ । घरेलु मैदान इडेन गार्डेनमा चेन्नईसँग २ विकेटले पराजित भएसँगै कोलकाताको प्ले अफ सम्भावना कठिन बनेको छ । शीर्ष ४ टोलीले प्ले अफमा स्थान बनाउनुपर्ने प्रावधान छ । यस्तोमा कोलकाता १० टोली सम्मिलित प्रतियोगिताको […]

May 8, 2025 - 03:12
 0
पुछारमा रहेको चेन्नईसँग हार्‍यो कोलकाता, कठिन बन्यो प्ले अफ सम्भावना

काठमाडौं । कोलकाता नाइट राइडर्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत अंक तालिकाको पुछारमा रहेको चेन्नई सुपर किंग्ससँग पराजित भएको छ ।

घरेलु मैदान इडेन गार्डेनमा चेन्नईसँग २ विकेटले पराजित भएसँगै कोलकाताको प्ले अफ सम्भावना कठिन बनेको छ ।

शीर्ष ४ टोलीले प्ले अफमा स्थान बनाउनुपर्ने प्रावधान छ । यस्तोमा कोलकाता १० टोली सम्मिलित प्रतियोगिताको छैटौँ स्थानमा सीमित छ । कोलकाताले ११ अंक जोडेको छ । यो सँगै उसको प्ले अफ यात्रा अब गणितीय आधार मात्र बाँकी छ । किनकि अब कोलकाताले २ खेल मात्र खेल्न बाँकी छ ।

तेस्रो जित हासिल गरेको चेन्नईले ६ अंक बनाएको छ । यद्यपि चेन्नई प्रतियोगिताबाट यसअघि नै बाहिरिइसकेको छ ।

बुधबार राति जितका लागि १८० रनको चुनौती चेन्नईले १९.४ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो ।

ओपनर आयुष महतरा र डेभोन कनवे ० मा आउट भए । यसपछि उर्भिल पटेल ३१, रविचन्द्र आश्विन ८ र रवीन्द्र जडेजा १९ रनमा पबिलियन फर्किए । यस्तो अवस्थामा ५ विकेटको नोक्सानीमा चेन्नईले ६० रन मात्र जोडेको थियो ।

यसपछि डेवाल्ड ब्रेभिस र शिवम दुबेले छैटौं विकेटका लागि ६७ रनको साझेदारी गर्दै इनिङ्स उकासे । अर्धशतक बनाएका ब्रेभिसले २५ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गरे ।

अन्तिम ८ बलबाट १० रन चाहिँदा क्रिजमा टिकेका शिवम ४४ रनमा आउट भए ।

त्यसपछि अंशुल कम्बोजले अन्तिम ६ बलमा जितका लागि ८ रन चाहिँदा अन्तिम ओभरको पहिलो बलमा नै छक्का प्रहार गर्दै जितलाई सहज बनाए । महेन्द्रसिंह धोनीले अविजित १७ र अंशुलले अविजित ४ रन बनाएर चेन्नईलाई जित दिलाए ।

कोलकाताका लागि वैभव अरोराले ३ ओभरमा ४८ रन दिएर ३ विकेट लिए । हर्षित राना र वरुण चक्रवर्तीले समान २ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । कप्तान अजिक्य राहणेले सर्वाधिक ४८ रन जोडे । उनले ३३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे।

यस्तै आन्द्रे रसलले ३८ रन जोड्दा मनिष पाण्डे अविजित ३६ रनमा रहे । यसैगरी सुनिल नारायणले २६ रन बनाए ।

चेन्नईका नुर अहमदले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

मुम्बईमाथि रोमाञ्चक जित हासिल गर्दै गुजरात शीर्ष स्थानमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register