बेलायतमा दशकयताकै शक्तिशाली आंधी, मानवीय र भौतिक क्षति

लन्डन । बेलायतमा आएको शक्तिशाली आंधी ’इओविन’ का कारण विभिन्न क्षेत्रका लाखौँ मानिसको जनजीवन कस्टकर बनेको छ । प्रतिघण्टा १ सय माइल बढीको गतिमा आएको उक्त आंधीका कारण यहाँका हजारौं मानिस विद्युत कटौतीको मारमा परेका छन् । मौसम विभाग ‘मेट अफिस’ ले दिएको जानकारी अनुसार यो आंधी दश वर्षयताकै शक्तिशाली हो । झन्डै दश लाख […]

Jan 25, 2025 - 12:31
 0
बेलायतमा दशकयताकै शक्तिशाली आंधी, मानवीय र भौतिक क्षति

लन्डन । बेलायतमा आएको शक्तिशाली आंधी ’इओविन’ का कारण विभिन्न क्षेत्रका लाखौँ मानिसको जनजीवन कस्टकर बनेको छ ।

प्रतिघण्टा १ सय माइल बढीको गतिमा आएको उक्त आंधीका कारण यहाँका हजारौं मानिस विद्युत कटौतीको मारमा परेका छन् । मौसम विभाग ‘मेट अफिस’ ले दिएको जानकारी अनुसार यो आंधी दश वर्षयताकै शक्तिशाली हो ।

झन्डै दश लाख मानिसका घरमा बिजुली काटिएका छन् भने कैयौं सडक तथा रेल सेवाहरु अवरुद्ध भएका छन् । आंधीका कारण आयरल्याण्डमा रुख ढल्दा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुने २२ वर्षीय युवा कास्पर डुडेक हुन्, जो कारभित्रै रहेको अवस्थामा रुख ढलेर मृत्यु भएको थियो । उक्त क्षेत्र आंधीको सबैभन्दा ठूलो चपेटामा छ ।

प्राप्त जानकारी अनुसार आयरल्याण्डमा ११४ माइल अर्थात १८३ किलोमिटर प्रतिघन्टाको वेगमा आंधी चलेको थियो । स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका केही भागमा सम्पतिको व्यापक क्षति भएको छ भने नेटवर्क रेल स्कटल्याण्डमा लगभग ४०० वटा क्षतिका घटना भएका छन् । कयौं घरका छाना उडाएका कारण मानिसहरु घरबारविहीन बनेका छन् ।

शक्तिशाली आंधीको सम्भावना भएपनि साताको अन्ततिर तेज गतिको हावाको सम्भावना जारी रहेको र इंग्ल्याण्ड र वेल्सका केही भागमा ८० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसम विभाग मेट अफिसले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register