नेपालमा हाब्रे पुस्तक बिमोचन

इलाम, १० फागुन । हाब्रे (रेडपाण्डा) बारे जानकारी गराउने गरिको ुनेपालमा हाब्रेु नामक पुस्तक बिमोचन गरिएको छ । शिलापत्रकर्मी गिरिराज बाँस्कोटाले सम्पादन गरेको इलाममा शनिवार उक्त पुस्तक बिमोचन गरिएको हो । इलामका जिसस प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, कोशी प्रदेश बन मन्त्रालयका सचिव विशाल घिमिरे, रेड पाण्डा नेटर्वकका नेपाल निर्देशक आङफुरी शेर्पा, [...] The post नेपालमा हाब्रे पुस्तक बिमोचन appeared first on Jhapa Online.

Feb 22, 2025 - 13:48
 0
नेपालमा हाब्रे पुस्तक बिमोचन

इलाम, १० फागुन । हाब्रे (रेडपाण्डा) बारे जानकारी गराउने गरिको ुनेपालमा हाब्रेु नामक पुस्तक बिमोचन गरिएको छ ।

शिलापत्रकर्मी गिरिराज बाँस्कोटाले सम्पादन गरेको इलाममा शनिवार उक्त पुस्तक बिमोचन गरिएको हो । इलामका जिसस प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, कोशी प्रदेश बन मन्त्रालयका सचिव विशाल घिमिरे, रेड पाण्डा नेटर्वकका नेपाल निर्देशक आङफुरी शेर्पा, बन तथा भुमि बिभागका उपनिर्देशक धनञ्जय रेग्मी सहितले संयुक्त रुपमा बिमोचन गरिएको छ ।

पुस्तक रेड पाण्डा नेटवर्क र श्री दीप ज्योती युवा क्लबले प्रकाशन गरेको हो । पुस्तकमा हाब्रेको नेपालको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ वटा लेख समाविष्ट छन् ।

पुस्तकमा मोहन मैनाली, यादव उप्रेती, संग्राम कार्कि, मुकेश पोखरेल, युवराज गौतम, गोविन्द पोखरेल, सिताराम गुरागाई, विप्लव भटराई, भिम चापागाई, आनन्द गौतम, सरोज शर्मा, एलिना दियाली लगायतको लेख रहेको छ । पुस्तकले रेड पाण्डा बारे नीति निर्माण र संरक्षणका लागी महत्वपूर्णहुने अपेक्षा राखिएको छ ।

The post नेपालमा हाब्रे पुस्तक बिमोचन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register